१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एशियाली खेल पारेर प्रचण्डले किन गरे चीन भ्रमण


September 23, 2023
0
Shares

काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९औं एशियाली खेलकुदको अवसर पारेर चीन भ्रमण सुरु गरेका छन् । उनी झाङझाउमा हुने खेलकुद उद्घाटनमा सहभागी हुनेछन् । झाङझाउमा चिनियाँ राष्ट्रपति सी चिनफिङले खेलको उद्घाटन गर्ने तय छ ।

चीनमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई चीनका खेलकुद सामान्यमन्त्री तथा चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाओ झिदानले स्वागत गरे । उनलाई एयरपोर्टमै गरिएको स्वागत विशेष खालको थियो ।
सन् २००८ मा प्रचण्ड प्रधानमन्त्री हुँदा चीनमा ओलम्पिक उद्घाटन पारेर भ्रमण गरेका थिए । उक्त भ्रमण उनको प्रधानमन्त्रीका रुपमा पहिलो विदेश भ्रमण थियो । यसले निकै चर्चा पाएको थियो ।

प्रचण्डको चीनका राष्ट्रपति सी चिनफिङसँग विशेष सम्बन्ध छ । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको चिनियाँ कम्युनिस्ट पार्टीसँग विशेष सम्बन्ध रहेको छ । यसकारण पनि यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

प्रचण्डको भ्रमणमा बीआरआईको कार्यान्वयन र थप नाका खोल्नेबारे केही निर्णय हुनसक्ने विश्लेषण भइरहेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया