२५ भदौ २०८३, बिहिबार | September 10, 2026

प्रमुख जिल्ला अधिकारीका रुपमा भक्तपुरेको मन छुने काम गरेर फर्किए खगेन्द्र रिजाल


September 22, 2023
9k
Shares

काठमाडौं, ५ असोज । प्रमुख जिल्ला अधिकारीका रुपमा खगेन्द्र प्रसाद रिजालले भक्तपुरेको मन छुने काम गरे । उनी भक्तपुरको सफल कार्यकाल सकेर गृह मन्त्रालयमा जिम्मेवारीमा छन् ।

रिजालको कार्यकालमा शान्तिसुरक्षामा अहिलेसम्मकै उत्कृष्ट नतिजा आयो । यसवर्ष बिस्केट जात्रा कुनै मानवीय क्षति बिना शान्तिपूर्ण रूपले भव्य सभ्य रुपले हुन सक्यो ।

रिजालले सार्वजनिक प्रशासनलाई पारदर्शी र सेवाग्राही मैत्री बनाउन जिल्ला स्थित सरकारी कार्यालयमा प्रभावकारी पहल गरेका थिए । नियमित बजार अनुगमन र कालोबजारी नियन्त्रणलाई प्राथमिकता पुर्वक अघि बढाएका थिए।

भक्तपुरका सक्रिय पत्रकार सुरेन्द्र बहादुर खत्री सिलवालले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई सम्मान सहित विदाई गर्दै एक कुशल क्षमतावान अधिकारीका रुपमा छवि अझ उठ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया