१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भेरी नदीमा भेटियो मेजर पण्डितको शव


September 12, 2023
0
Shares

काठमाडौं, २६ भाद्र । नेपाली सेनाका मेजर बिमल पण्डितको शव भेरी नदीमा भेटिएको छ । उनको शव त्रिपुरासुन्दरी नगरपालिका ५ को चिन्ढेबगरमा पर्ने भेरी नदीमा भेटिएको हो ।

पण्डितको औंठी नदीको खोचमा फेला परेको हो । उनले लगाएको औंठीको आधारमा शव पत्ता लागेको हो । शव गलिसकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

माछा मार्न गएका शिवकमल सार्कीले ढुंगाको खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खदङ्गा प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेपछि शवको पहिचान गरिएको थियो ।

डोल्पास्थित नन्दबक्स गुल्ममा कार्यरत रहँदा १६ दिनअघि पण्डित वेपत्ता भएका थिए । उनी काठमाडौंको डाँछी स्थायी घर भएका हुन् । ३८ वर्षीय मेजर पण्डित १० भाद्रमा झोला बोकेर निस्किएकामा सम्पर्कविहिन थिए । उनको खोजी कार्य भइरहेको थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया