५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

जी ट्वान्टीको दिल्लीघोषणाको भू-राजनीतिक महत्व


September 11, 2023
0
Shares
विपिन देवः जी ट्वान्टीको दिल्ली घोषणाले एउटा चहकिलो र गहकिलो इतिहास निर्माण गरेको छ । विगत १७ वटा शिखर सम्मेलनहरूमा सहमति निर्माण हुन सकेको थिएन । ध्रुवीकृत संसारमा सहमति निर्माण गर्नु कूटनीतिको लागि कठिन अभ्यास हुने गर्दछ । सन् २०२३ को जी ट्वान्टीको शिखर सम्मेलनमा पूर्ण सहमति हुनु एउटा नयॉ इतिहास निर्माण हुनु हो ।
४१  राष्ट्रिय अध्यक्षहरू सहभागी हुनु र ४० वटा अन्तर्राष्ट्रिय संस्थाहरूको प्रतिनिधित्व हुनु  जी ट्वान्टीको महत्वलाई दृष्टिगौचर गर्दछ । सन् २०२३ ९, १० सेप्टेम्बरको जी ट्वान्टीको शिखर सम्मेलन अभूतर्पूव नै रहेको छ । यो वैदिक मन्त्रबाट अभिमन्त्रित थियो । यसको अनुष्ठान नै “एक परिवार”, “एक पृथ्वी” र “एक भविष्य” मा आधारित थियो । अर्थात् साध्य र साधनको तादम्यताको कारणले नै जी ट्वान्टीको शिखर सम्मेलनमा सहमति निर्माण सम्भव भएको देखिन्छ । सहमति पत्र वा संयुक्त घोषणा ९१ अनुच्छेदको रहेको छ । अन्तिम ८ वटा अनुच्छेदहरू भू-राजनीतिक समस्या र समाधानलाई आलोकित गर्दछ भने सुरुका ८३ अनुच्छेदहरू मानवीय संवेदना, वातावरण, पर्यावरण जस्ता विभिन्न मानव भविष्यसंग गासिएको महत्वूर्ण मुद्दाहरूमा केन्द्रित रहेको छ ।
जी ट्वान्टीको संयुक्त घोषणा पत्रमा भारतको अनुभव, अनुभूति र उपलब्धिको भाष्य समाहित रहेको देखिन्छ । सन् २०२३ को डिसेम्बरमा भारतले जी ट्वान्टीको अध्यक्षता गर्दा जी ट्वान्टी विखण्डित अवस्थामा थियो । इण्डोनेसियाको शिखर सम्मेलनमा रसीया र चीनको गुटबन्टीले गर्दा पश्चिमा शक्तिहरूले आप्mनो एजेण्डा घोषणा पत्रमा समाहित गर्न सकेन । वाली शिखर सम्मेलनमा अमेरिकी नेतृत्व लगायत पश्चिमा शक्तिहरूको ध्येय नै रसियाको यूक्रेन युद्धलाई घोर र्भसना गर्नु थियो र साथ साथै चीनको दक्षिण सागर र हिन्दमहासागरीय नीतिलाई आलोचना गर्नु थियो । अर्कातर्फ चीन र रसियाको र्तक जी ट्वान्टी पूर्ण रूपमा आर्थिक संगठन भएकोले गर्दा विश्वको भू-राजनीतिक समस्यालाई छिनोफानो गर्न जी ट्वान्टीको नैतिक दायित्व नभएको उनीहरूको जिकिर थियो । अर्थात् वाली शिखर सम्मेलनमा उल्लास र सम्वादको वातावरण थिएन ।
सन् २०२३ को दिल्ली शिखर सम्मेलन पृथक थियो । शिखर सम्मेलनको प्रमुख संयोजकको रूपमा पूर्व विदेश सचिव हर्ष सिंगला थियो भने शिखर सम्मेलनको सम्र्पक र सम्बन्धलाई कार्यरुप दिन सेर्पाको नेतृत्व अभिताभ कान्तले गरेका थिए । वित्तिय ट्रयाकको नेतृत्व स्वंय अर्थमन्त्री निर्मला सितारमणले गरेका थिए । सम्पूर्ण कार्यक्रमहरूको मूल्याङ्कन, व्यवस्थापन, संयोजन र निरिक्षण परराष्ट्रमन्त्री डा. जयशंकरले गरेका थिए । शिखर सम्मेलनलाई प्रभावकारी बनाउ‘न विगत एक वर्षदेखि जी ट्वान्टीलाई जनस्तरमा पु¥याउन भारतले २०० कार्यक्रम विभिन्न ६० वटा सहरहरूमा सञ्चालन गरेका थिए ।
दिल्ली घोषणाका विभिन्न वुंदाहरू मानव सभ्यता, संस्कृती र अस्तित्वसंग जोडिएको देखिन्छ । दिल्ली घोषणाले अफ्रिकी यूनियनलाई जी ट्वान्टीमा समाहित गरेको छ । अर्थात् जी ट्वान्टी अब उपरान्त जी ट्वान्टी वनमा परिणत भएको छ । अर्थात् अफ्रिकाका ५५ वटा मुलुकहरूको नेतृत्व गरेको छाता संगठन जी ट्वान्टीमा सामेल हुनु आपैmमा ठुलो उपलब्धि हुन गएको छ । जी ट्वान्टीको दिल्ली घोषणाले संसारमा ऋणको चपेटामा फसेको मुलुकहरूलाई राहत दिन समेत घोषणा गरेको छ । दक्षिण गोलाद्धका ७० वटा मुलुकहरू आर्थिक रूपमा टाट पल्टिने अवस्थामा छ । दिल्ली घोषणाबाट इथोपिया, घाना र श्रीलङ्काम जस्ता मुलुकहरू राहत पाउ‘ने छन् । जी ट्वान्टीलाई समावेशी बनाउ‘न मोदी दृढ संकल्पित थिए । तदनुरूप मोदीले दक्षिण गोलाद्धमा रहेका १२५ वटा मुलुकहरूसंग विद्युत्तिय माध्यमबाट सम्वाद समेत गरेका थिए ।
ग्लोवल साउथका मुलुकहरूको भावनालाई जी ट्वान्टीको दिल्ली घोषणा समावेश गर्न भारतले सम्पूर्ण कूटनीतिक संयन्त्रलाई परिचालित गरेका थिए । फलस्वरूप विशव वैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत विशवको उच्च वित्तिय संस्थाहरूमा दक्षिण गोलाद्धका मुलुकहरूको पहु‘चलाई सुनिश्चित गर्न जी ट्वान्टीको घोषणा पत्रले उद्घोष गरेको छ । जी ट्वान्टीको दिल्ली घोषणाले हरित उर्जा, जलवायु परिर्वतन, ब्ल्यू इकोनोमी लगायत पर्यावरण सम्बन्धि विभिन्न मुद्दाहरूमा सहमति निर्माण गर्न सफल भएको देखिन्छ । अर्थात् सन् २०२३ को जी ट्वान्टीको दिल्ली घोषणाले पर्यावरणलाई गम्भीरता पूर्वक लिएका छन् । संसार वैकल्पिक उर्जाको खोजीमा रहेको बेला भारतले सौर्य उर्जाको क्षेत्रमा अनुकरणीय उपलब्धि हासिल गरेको छ । तदनुरूप पर्यावरणीय सुधारको लागि जी ट्वान्टीको मुलुकहरूले आवश्यक धनराशी परिचालन गर्न समेत सहमति भएको छ । जी ट्वान्टी घोषणको अर्को उपलब्धि विद्युत्तिय पूर्वाधार (डिजिटल इनफ्रास्टकचर)मा सहमति निर्माण गर्नु थियो ।
वर्तमान युगमा समेत विश्वका ४ विलियन जनताहरूसंग विद्युत्तिय परिचय पत्र रहेको छैन । यसमा परिवेशमा प्रत्येक व्यक्तिको परिचय पत्र, व्यक्तिगत तत्थयाङ्क र सुलभ वित्तिय पहुचको लागि फास्ट पेमेन्टको कार्डलाई सुनिश्चत गर्न जी ट्वान्टी संकल्पित रहेको छ । विद्युत्तिय पूर्वाधारको क्षेत्रमा भारतले ठुलो छलाङ् लगाएको छ । संसारमा विद्युत्तिय माध्यमबाट सबभन्दा अधिक आर्थिक कारोवार हुने देश नै भारत रहेकोृ छ ।
जी ट्वान्टीको शिखर सम्मेलनमा नै भारतले प्रयोग गरेको यू.पी.ए.      (पेमेन्ट एप्स) र विश्व बैंक विच सम्झौता समेत भएको छ । जी ट्वान्टीको शिखर सम्मेलन भू-राजनीतिक समस्यालाई समेत सांकेतिक रूपमा उल्लेख गरेका छन् । अर्थात् रसिया यूक्रेन युद्धले गर्दा उर्जा र खाद्ययान संकटले गर्दा दक्षिण गोलाद्धका मुलुकहरू तहसनहस भइरहेको अवस्था छ । विकसित मुलुकहरूले दक्षिण गोलाद्धका समस्यालाई यथाशिघ्र सम्बोधन गर्न समेत घोषणा पत्रले निर्देश गरेको  छ । जी ट्वान्टीको शिखर सम्मेलनले भारतको आतिथ्य, नेतृत्व र कार्यकौशलतालाई उच्च मूल्याङ्कन गरेको छ । जी ट्वान्टी एउटा उत्सवको रूपमा दिल्ली सम्पन्न भएको छ । यस्तो किसिमको कूटनीतिको महाकुम्भ भारतले पहिलो पटक अनुष्ठान गरेको थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया