२३ भाद्र २०८१, आइतबार | September 8, 2024

‘एक भगवत गीता’ को विवाद मिल्यो, फिल्मको नाम परिवर्तन हुने


September 10, 2023
0
Shares

काठमाडौं,२४ भदौ । फिल्म ‘एक भगवत गीता’ को विवाद टुंगिएको छ। फिल्मको नाम परिवर्तन गर्ने सहमति र्भपछि विवाद मिलेको हो ।

झरना थापाले निर्देशन गरेको ‘एक भगवत् गीता’मने नाममाथि विवाद सुरु भएको थियो ।

सहमतिपछि अब फिल्मको नाम ‘एक भागवत् र एक गीता ९सामाजिक कथा० हुने भएको छ।

विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएका थिए।

धार्मिक संस्थाको निवेदनपछि बोर्डले छलफलबाट विवाद मिलाउने भन्दै सेन्सर सिफरिस रोकेको थियो। फिल्म भदौ २९ गते प्रदर्शनको मिति तोकिएको छ ।

प्रतिक्रिया