३० असार २०८१, शनिबार | July 14, 2024

प्रजातान्त्रिक कित्तामा ढलकिदै जी ट्वान्टी


September 8, 2023
0
Shares
विपिन देवः सन् २०२३, सेप्टेम्बर ९ र १० मा जी ट्वान्टीको शिखर सम्मेलनलाई विश्व कूटनीतिको महाकुम्भ भन्न सकिन्छ । अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान र यूरोपेली यूनियनका राष्ट्र प्रमुखहरूको सहभागिताले जी ट्वान्टीलाई महिमामण्डित गर्दछ । पश्चिमा सञ्चार गृहहरूले जी ट्वान्टीको हरेक कार्यक्रमलाई उच्च मूल्याङ्कन गर्दै समाचार सम्प्रेशन गर्दै आएको छ । शिखर सम्मेलनमा चीनिया राष्ट्रपति र रसियाको राष्ट्रपति सहभागी नहुनु कूटनीतिमा अर्थपूर्ण रहेको  छ । हुनतः दक्षिण अफ्रिकाको जोहनसर्वगको ब्रिक्स सम्मेलनमा समेत पुटिन सहभागी थिएन । रसिया यूक्रेनका युद्धका कारण आ.इ.सी.सी.ले पुटिन माथि वारेन्ट नै जारी गरिको छ ।
दक्षिण अफ्रिका आ.इ.सी.सी.को सदस्य भएकोले गर्दा जोहेनसर्वगमा पुटिनको उपस्थिति भएन । जोहेन सर्वगमा राष्टपति सी चिनियाँ प्रतिनिधिमण्डलको स्वंय नेतृत्व गरेका थिए । तर भारतको अध्यक्षतामा हुन गइरहेको जी ट्वान्टीको शिखर सम्मेलनमा राष्टपपति सी सहभागी नहुनुलाई जानकारहरूले गम्भीरता पूर्वक लिएका छन् । जी ट्वान्टीको कार्यक्रमलाई प्रभावकारी बनाउ‘न गत डिसेम्बरदेखि भारतले भगिरथ गर्दै आएको छ । तदनुरूप भारतका ६० वटा सहरहरू जी ट्वान्टीको २०० कार्यक्रमहरू परिचालित भएका छन् । मोदीको नेतृत्व प्रति अमेरिका लगायत यूरोपेली यूनियन, जापान, अष्ट्रेलीया र अफ्रिका समेत सम्मोहित रहेको छ । पश्चिमा शक्ति वा प्रजातान्त्रिक कित्तामा रहेका मूलुकहरूसंग भारतको सघन सम्बन्ध हुनु र मोदीको नेतृत्व प्रति विश्व नेतृत्वको भावपूर्ण सम्बन्ध हुनु चीनलाई पाच्य भएको छैन । भारतका पूर्व राजदुत श्याम शरणले   “हाउ‘ चाइन सी द इण्डिया” पुस्तकमा चीनले भारतलाई क्षेत्रीय शक्ति (रिजनल पावर) को रूपमा माग हेर्न चाहेको कुरा उल्लेख गरेका छन् । कालान्तरमा मोदीको लोकप्रियता अमेरिका लगायत यूरोपेली समाजमा पनि वढिरहको छ । अर्थात् कूटनीतिक रंगमञ्चमा भारतीय मञ्च प्रति राष्ट्रपति सीको आर्कषण देखिएको छैन ।
जी ट्वान्टीको शिखर सम्मेलनमा सीको सहभागी नहुनुको अर्थ भारतलाई कूटनीतिक दवावमा राख्नु हो । अरूणाचलदेखि लदाकसमम चीनिया सैनिक तैनाथीको अवस्थामा छ । तनावलाई तिव्र बनाउ‘न चीनले नयॉ नक्सा समेत सार्वजनिक गरेको छ । तदनुरूप अक्साई चीन लगायत अरूणाञ्चल र लदाकको केही भूभाग समेतमा चीनको दावी रहेको छ । भनाइको अर्थ भारत प्रति चीनको कटुता कम भएको छैन । चीनिया राष्ट्रपति सीको भ्रमणको अपेक्षा वाइडेनले समेत गरेका थिए । राष्ट्रपति सी को भ्रमण रद्द हुनु प्रति बाइडेनले समेत निराशा व्यक्त गरेका छन् । अर्का तर्पm चिनियाँ राष्ट्रपति सी घरेलु कारणले गर्दा भ्रमण स्थगित गरेको पनि टिप्पणीहरू सार्वजनिक भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलीट्ब्यूरोको याङ्ग ची हौगको कारणले भ्रमण रद्द भएको जानकारहरूको बुझाई रहेको छ । राष्ट्रपति सीको भ्रमण रद्द हुनुको अर्थ चीन पूर्ण रूपले अमेरिका, यूरोप लगायत प्रजातान्त्रिक कित्ताका मुलुकहरूसंग अलगथलग हुनु  हो । वढ्दो वेरोजगारी दर, रियल स्टेटमा मन्दी र आर्थिक वृद्धिदर कम हुनु जस्ता परिघटनाले गर्दा राष्ट्रपति सी दवावमा रहेका कुरा तथ्यले पुष्टि गर्दछ ।
जी ट्वान्टीलाई प्रभावकारी बनाउ‘न भारतले सम्पूर्ण कूटनीतिक सन्यन्त्रलाई परिचालित गरेको छ । जी ट्वान्टीको प्रमुख मुद्दा नै ग्लोवल साउथ रहेको छ । ग्लोबल साउथ भन्नाले दक्षिण गोर्लाद्धमा रहेका देशहरू बुझिन्छ । जी ट्वान्टीको २० वर्षको आरोह र अवरोहमा जी ट्वान्टीको समस्यालाई भूखरित गर्न प्रयास भएको थिएन । डिसेम्बरमा भारतले अध्यक्षता गर्न वित्तिकै मोदीले जनवरीमा ग्लोवल साउथका १२५ वटा  मुलुकहरूसंग सम्वाद गर्दै उनीहरूको भावना र समस्यालाई जी ट्वान्टीको मञ्चमा राख्न वॉचा समेत गरेका थिए । अर्थात् शिखर सम्मेलनको प्रमुख मुद्दाहरू मध्ये ग्लोबल साउथको भावनालाई जी ट्वान्टीको मञ्चमा राख्नु हो । गत वर्षको वाली शिखर सम्मेलनमा अफ्रिकी यूनियनले सार्वजनिक रूपमा नै दक्षिण अफ्रिाकाली मुलुकहरूलाई जी ट्वान्टीका समाहित गर्न आग्रह गरेका थिए । वडो चहकिलो र गहकिलो भाषामा मोदीले भारतको अध्यक्षतामा अप्रिकी यूनियनलाई जी ट्वान्टीमा समाहित गर्न बचन बद्धता जाहेर गरेका थिए । अप्रिकी यूनियनमा ५४ वटा मुलुकहरू पछन् । सन् २०२३ मा अप्रिकी यूनियनलाई शिखर सम्मेलनको माध्यमबाट सदस्यता दिने आवश्यक गृह कार्य समेत भइसकेको छ ।
भारतका परराष्ट्रमन्त्रीले आफ्ना पुस्तक “इण्डिया वे”को माध्यमबाट आउ‘दो यूगमा भारत कूटनीतिमा “एजेण्डा सेटर” हुने समेत उल्लेख गरेका छन् । जी ट्वान्टीको शिखर सम्मेलनको माध्यमबाट “सौर्य उर्जा” मा सहकार्य गर्न सहमति निर्माण हुन सक्नेछ । पेरिस सम्झौतालाई टेकेर भारतले सौर्य उर्जाको क्षेत्रमा संसारमा सबभन्दा बढि अब्वल देखिएको छ । रसिया यूक्रेन युक्रेन युद्ध पश्चात सारा संसार उर्जा संकटले गर्दा वैकल्पिक उर्जाको खोजीमा छ । “सौर्य उर्जा”को माधयमबाट पर्यावरण मैत्री संसारको निर्माण हुन सक्ने समेत विज्ञहरूको अभिमत रहेको   छ । शिखर सम्मेलनको माध्यमबाट “आपत्तकालीन संकट निवारण” सम्बन्धि समेत साझा सहमति निर्माण गर्न सम्भावना देखिएको छ । प्राकृतिक विपदा र आपत्तकालीन समस्याबाट ग्लोवल साउथका मुलुकहरू सबभन्दा अधिक पिडित रहिआएको छ । संसारको ८५ प्रतिशत आर्थिक आकार बोकेका अर्थतन्त्रहरूले मानवीय संवेदन र सहानुभूतिको लागि एक ढिक्का भएको खण्डमा जी ट्वान्टीको लागि यो महत्वपूण उपलब्धि हुने छ । भारतले “डिजिटल” क्षेत्रमा व्यापक उपलब्धि प्राप्त गरेको छ । संसारमा सबभन्दा अधिक डिजिटल पेमेन्ट भारतमा हुने गरेको छ ।
एक अध्ययन अनुसार भारतमा ९० विलियन, अमेरीकामा २ दशमलब ५ विलियन र चीन १७ दशमलम ५ डिजिटल पेमेन्टकोकारोवार रहेको छ । जी ट्वान्टीको माध्यमबाट “डिजिटतल पेमेन्ट”लाई विश्व व्यापी गरेको खण्डमा ग्लोवल साउथको मुलुकहरूले प्रचूर मात्रामा लाभांष प्राप्त गर्ना सक्दछ । कमजोर वितरण प्रणाली र भष्ट्राचारको जालोले गर्दा समाजको पिडित र प्रताडित वर्गले राज्यको लाभांष प्राप्त र्गन सकेको अवस्था छैन । भारतको जनधन योजना, आवास योजना, स्वास्थ्य विमा, उज्जवला योजना जस्ता अनेक भीमकायी योजनाहरू विद्युत्तिय माध्यमबाट मात्र सम्भव भएको छ । जी ट्वान्टीको सबभन्दा ठुलो चूनौती वित्तिय संरचनामा सुधार ल्याउ‘नु हो । कोरनाको कहर र रसीया यूक्रेन युद्धले गर्दा संसारका ४० वटा मुलुकहरू आर्थिक दिवालीयापनको संघारमा रहेको छ । साथ साथै चीनको ५ ट्रिलियन अमेरिकी डलरको “रेश्म मार्ग” योजनाले गर्दा पाकिस्तान श्रीलङ्का, जिम्मावे लगायत कैयौ अप्रिकी मुलकुहरू “डेवट ट्याप” मा फसेको छ । जी ट्वान्टीमा विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत संसारका सबै महत्वपूर्ण वित्तिय संस्थाहरूको सहभागि रहेको छ । यस अर्थमा यी सम्पूर्ण वित्तिय संस्थाको संरचनाहरू आवश्यक सुधार ल्याउ‘नु पर्ने टड्कारो आवश्यक्ता देखिन्छ । अर्थात् गरिव मुलुकहरूको पहु‘च र सहभागीलाई सूनिश्चत बनाउ‘न जी ट्वान्टीको शिखर सम्मेलनलाई आवश्यक गृहकार्य गर्नु पर्दछ । जी ट्वान्टी सबभन्दा अब्बल संस्था भएकोले गर्दा यसबाट अपेक्षा गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया