१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बिनौद चौधरीको परिवारको लगानी रहेको नबिल बैंकमा ४० करोड काण्ड


September 5, 2023
83
Shares

काठमाडौं, १९ भाद्र । डलर अर्बपति बिनौद चौधरी एकपछि अर्को विवादमा मुछिएका छन् । कहिले राजावादी त कहिले कम्युनिस्ट हुँदै पछिल्लो समय नेपाली काँग्रेसमा पसेका चौधरीले देशलाई समस्यामा पार्ने भूमिका निभाइरहेका छन् । उनको परिवारको लगानी रहेको नबिल बैंकले मनी लन्ड्रिङ गरिरहेपनि नेपाल राष्ट्र बैंकले एक्सन लिन सकिरहेको छैन ।

नबिलमा पूर्वराजा वीरेन्द्र शाहको परिवारको सम्पत्ति समेत रहेको छ । हाल नेपाल ट्रष्टमा रहेको उक्त सम्पत्ति नबिलमा शेयरका रुपमा रहेको छ । चौधरीले पूर्वराजपरिवारको विदेशमा राखेको सम्पत्ति पच पारिसकेका छन् ।

पछिल्लो समय नबिलमा ४० करोड काण्ड भएको छ । विगत ६ वर्षदेखि नबिल बैंकको पोखरास्थित न्यूरोड शाखाको उच्च तहका कर्मचारीले ग्राहकबाट लिएको पैसा आफैले प्रयोग गर्ने र ग्राहकलाई नक्कली भौचर र कागजातहरु दिने गरेको तथ्य पत्ता लागेको छ । ती रकम घरजग्गामा लगानी गरेको भेटिएको छ ।

घरजग्गा कारोबारमा मन्दी आएपछि ४० करोड काण्ड बाहिरिएको हो । रकम असुलिएको दाबी नबिल बैंकले गरेपनि उक्त बैंकमा रकम असुरक्षित हुन थालेको छ ।

बैंकमा राखिएको नेपाल ट्रष्टको सम्पत्ति मात्र झिक्ने हो भने ठूलै असर पर्नसक्छ । त्यसैले शक्तिकेन्द्रसम्म दबाब खडा गरेर नेपाल ट्रष्टको शेयरबाट हाल झिक्नबाट रोक्ने गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया