६ आश्विन २०८१, आइतबार | September 22, 2024

चीनले नेपाली भू–भाग भारतमा विलय गराएर नक्सा जारी गरेको प्रति पूर्वसुरक्षाकर्मीहरुको आपत्ति


September 1, 2023
0
Shares

काठमाडौं, १५ भदौ । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले चीनले जारी गरेको नक्सामा नेपालको भू–भागलाई भारततर्फ देखाएको भन्दै आपत्तिजनाएको छ । आज राजधानीमा पत्रकार सम्मेलनगर्दै परिषद्ले चीनले आफ्नोसहित छिमेकी राष्ट्रहरुको नक्सा जारी गर्दा नेपालको भू–भाग भारतको नक्सामा देखाउनुले गम्भीर आशंका र दरार उत्पन्न गराएको बताएको हो ।

चीनले भू–राजनीतिकनक्सा सार्वजनिकगर्ने क्रममालिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सालाई स्वीकार नगर्नु र उक्त भू–भाग भारततर्फ देखाउनु दुई देशबीचको मिलेमत्तोको आशंका उब्जिएको पूर्व सुरक्षाकर्मी परिषद्को ठहर छ ।

चीनद्वारा प्रकाशित त्रुटीपूर्ण नक्साले सम्पूर्ण नेपालीहरुको स्वाभिमान र आत्मसम्मानलाई ठेस पुर्याएको परिषद्को बुझाइ छ । चीनसँग नेपालको सदियौदेखि छुट्टै र विशेषघनिष्ट सम्बन्ध रहँदैआएको बताउँदै परिषद्ले चीनले जारी गरेको उक्तनक्सा सच्याउनआह्वान गरेको छ । पूर्वसुरक्षाकर्मी परिषद् नेपालकाअध्यक्ष कोमलबहादुर राउतले चीन र भारत दुई ठूला देशहरुले नेपाललाई सानो भनेर हेप्ने गरेको बताए । देशमा संकट आएको बेलापूर्व सुरक्षाकर्मी परिषद्ले निरन्तर आवाज उठाउँदै आएको उनले स्मरण गराए । उनले नेपाल र चीनबीचको सम्बन्ध एकदमै प्रगाढ रहेको बताउँदै उक्तनक्सातत्काल सच्याउनपहलगरिनुपर्ने बताए ।

‘पूर्वसुरक्षाकर्मी परिषद् नेपाल राष्ट्र र राष्ट्रियताका निमित्तखबरदारी गर्न कञ्जुस्याँई गर्दैन । छिमेकी राष्ट्रहरुको बीचमाहामी सानो छौं । तर, बलियो छौं । हामीलाई सानो भनेर हेप्ने कुरा भइरहेका छन्,’– उनले भने । पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय सदस्यएवं प्रवक्ता हेमशंकर गिरीले नेपालले मित्र राष्ट्र चीनमाथिअत्यन्तै भरोसा गरेको बताए । नेपालमाथिअन्य राष्ट्रबाट आउनसक्ने खतराहरुमा सुरक्षामित्र राष्ट्र चीनले गर्छ भन्ने अपेक्षा रहेकोमा नेपालको भू–भाग नै अर्को देशको नक्सामाविलय गराउनु आपत्तिजनक रहेको बताए ।

हिजोकादिनमानेपालको स्वाधीनता र सार्वभौम सत्ताको रक्षा र विकास निर्माणका पूर्वाधार निर्माणमा सहयोग गरेको चीनले नेपालको भू–भागभारतमाविलय गरेर नक्साजारी गर्नु दुःखद् भएको बताए । विदेशीलाई गालीगर्नुभन्दापहिला २०७७ सालमाजारी चुच्चे नक्सा सबै छिमेकी देशको कूटनीतिक नियोगमा सरकारमार्फत पुग्यो वापुगेन भनेर बुझ्न आवश्यक रहेको उनको भनाई छ । कूटनीतिक नियोगमाउक्तचुच्चे नक्साबारे जानकारी नपुगेको भएमा स्वयम् राजनीतिकदल र नेताहरुले जिम्मेवारी लिनुपर्ने उनले बताए ।

‘विदेशीलाई गालीगर्नुभन्दापहिलाकमजोर कूटनीतिक र राजनीतिकदलहरुलाई गालीगर्नुपर्ने अवस्था छ । २०७७ सालमाचुच्चे नक्साजारी भएपछि आफ्नो भू–राजनीतिकनक्साजारी गरेको पत्र सम्बन्धित सबै कूटनीतिक निकायजानकारी गराएको छ कि छैन ?’ प्रश्नगर्दै उनले भने, ‘त्यो पत्रआधिकारिक रुपमाचीनको राजदूतावास वा कूटनीतिक नियोगमापुग्यो किपुगेन ?होईन भने यिनै पार्टी र नेतानिकम्मभएको ठहर हामी नेपालीजनताले गर्न आवश्यक छ ।’

पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीयउपाध्यक्षखगेन्द्र बस्नेतले गौतम बुद्धको शान्तिको देशमाआफूहरुले शान्तिपूर्वक बस्न चाहेको बताए । सरकार र राजनीतिकदलहरुले राष्ट्र र जनताको हितमाकामगर्न नसकेको उनको भनाई छ । उनले छिमेकी राष्ट्रहरुलाईछिमेकीको स्थानमा बस्न र सानो भनेर नहेप्नकाचेतावनीदिए ।
पूर्वसुरक्षाकर्मी परिषद् नेपाल केन्द्रीय सदस्यएवं चन्द्रागिरी नगर समितिकाअध्यक्षविक्रमबहादुर पाण्डेले चीनले नेपालको भू–भागभारतको नक्सामाविलय गराएर सर्वाभौम सत्तामाथिप्रहार गरेको आरोप लगाए । आफूहरुले बारम्बार राष्ट्र र राष्ट्रियताको लागिखबरदारी गरिरहेको बताउँदै उनले राष्ट्र र राष्ट्रियताको लागि गठबन्धन सरकारलाई धेरै झक्झक्याउँदा केही सुन्ननचाहेको गुनासो गरे ।

पूर्वसुरक्षाकर्मी परिषद् नेपाल सह–सचिवमोहनसिंह खड्काले चीनले नेपालको भू–भागभारतमाविलय गराएर नक्साजारी गर्दा तीन करोड नेपालीको मन रोएको टिप्पणी गरे । चीनले गल्ती गरेको छ भन्ने कुरा कटनीतिक तरिकाबाट सरकारले महसुुस गराउनआवश्यक रहेको उनले बताए । नेपाली सेनाकापूर्व सहायक रथी डा.प्रेमसिंह बस्नेतले चीनले भारतलाई खुसीबनाउनकालागि नेपाली भू–भागभारतीयनक्सामाविलय गराएको आरोप लगाए । आजभन्दापहिलाचीनले नेपाललाई कहिल्यै पनि नराम्रो दृष्टिले नहेरेको भन्दै उनले उक्तनक्सा सच्याउनआग्रह गरे । आफूले काठमाडौं महानगर प्रमुखबालेन्द्र शाहबाट उक्त कुरा थाहापाएको बताउँदै उनले बालेन्द्रको प्रशंसा गरे ।
‘मैले कुरा थाहापाएँबालेनजी बाट । काठमाडौंका मेयर बालेन माई स्यालुट टू यु बालेन । तपाईँले धेरै असलकामगर्नु भएको छ,’– उनले भने ।

बालेनले देशको सार्वभौमतामाथिप्रहार गर्ने चीन राष्ट्रको भ्रमण नै रद्द गराएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो विवाद नसल्ट्याई चीन भ्रमणमा जाननहुने उनको भनाई छ । नेपालीहरु कहिले पनिचीनको दास नभएको बताउँदै बरु दास्रो विश्वयुद्धमा नेपाली सेनाले चीनमा गएर तालिम दिएको स्मरण गराए । चीनले भारतको पक्षमा लागेर नक्साजारी गरेको उनको आरोप छ ।  ‘नेपाली राजनीतिज्ञ अमेरिकीदलाल त भए, अबचीनको दलालभएको हेर्न बाँकी छ,’– उनले भने ।

सीमाविद् एवं पूर्वनापी महानिर्देशकबुद्धिनारायण श्रेष्ठले चीनले जारी गरेको नक्साका सन्दर्भमा नेपालले कूटनीतिक तहबाट सच्याउन लगाउनआवश्यक रहेको बताए । नेपाल सरकारले उक्त नक्सा सच्याउन लगाउने सार्थथ्यता नराखेमा सरकारको अकर्मण्यता पुष्टि हुने र नेपाली जनताले सधैं दुत्कारीरहने उनको भनाई छ ।

प्रतिक्रिया