११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

एनडीसी टोलीको नेतृत्व गर्दै आएका भारतका एयर भाइस मार्शल गुप्ताले क कस्लाई भेटे


September 1, 2023
0
Shares

काठमाडौं, १५ भाद्र । नेपालको चार दिवसीय भ्रमण पूरा गरी भारतका एयर भाइस मार्शल मनीष कुमार गुप्ता बिहिवार फर्किएका छन् । उनी १६ वरिष्ठ सैन्य तथा निजामती सेवाका अधिकारीहरुसहित आएका थिए । रोचक त यो छ कि टोलीमा भारतका मात्र नभई जर्मनी, बंगलादेश, साउदी अरब, बेलायत र ओमानका अधिकारी थिए । ती सबै भारतको राष्ट्रिय रक्षा महाविद्यालयमा अध्ययन गरिरहेका छन् ।

एयर मार्शल गुप्ता नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायण प्रसाद साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्यो । टोलीले प्रधान सेनापति प्रभुराम शर्मासँग पनि भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गर्यो ।

प्रधानसेनापति शर्मा एनडिसीका भूतपूर्व विद्यार्थी हुन् । टोलीले पोखरास्थित पश्चिम पृतना मुख्यालयको भ्रमण गरेको थियो ।

भारतको एनडीसी कोर्षलाई निकै महत्व दिइन्छ । त्यहाँ कोर्श गरेकाहरु विश्वका धेरै देशमा सेनाप्रमुख भएका छन् । एनडीसी कोर्षमा राष्ट्रिय मार्ग तथा रणनीतिका व्यापक पक्षहरुबारे वरिष्ठ रक्षा तथा निजामती सेवाका अधिकारीलाई प्रशिक्षण दिने गरिन्छ ।

एनडीसीको हालको कोर्षमा नेपाली सेनाका तीन अधिकारी सहभागी छन् । सन् १९९२ यता नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासहित १८ बहालवाला नेपाली सेनाका अधिकारी र सेवानिवृत्त अन्य २४ जना अधिकारीले एनडिसीबाट प्रशिक्षण लिइसकेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया