१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमसीसी आजबाट कार्यान्वयनमा जाँदै, नेपालले के पाउला ?


August 30, 2023
0
Shares

काठमाडौं, १३ भाद्र । अमेरिकी विकास परियोजनासम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आजबाट कार्यान्वयनमा जाँदैछ । अपरान्ह नेपाल सरकार र एमसीसीबीच कार्यान्वयनमा जाने सम्झौता पत्र आदानप्रदान पछि कार्यान्वयनको औपचारिक घोषणा हुनेछ ।

एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्ड सम्झौता कार्यान्वयनको घोषणाका लागि काठमाडौंमा छन् । एमसीसी पाँच वर्षका लागि आएको परियोजना हो ।

एमसीसी कार्यान्वयनमा जानुअघि नै काम बढिसकेको छ । संसदबाट गत वर्ष यसलाई पारित गराउँदा निकै चर्काचर्की परेको थियो । यसको व्याख्यात्मक घोषणा अझै बाँकी छ ।

एमसीसीले नेपालमा विद्युत प्रसारणलाइनसहित रणनीतिक सडकमा बजेट विनियोजन गर्नेछ । जसमा ५० करोड डलर अमेरिकाले र नेपालले १३ करोड लगानी गर्नेछ । सबस्टेसनका लागि ६ करोड ७० लाख डलर गरी कुल ६९ कराड ७० लाख डलर बजेट पाँच वर्षमा रहनेछ ।

एमसीसी पाँच वर्षका लागि भनिएपनि यसमा समय बढ्न सक्ने देखिइसकेको छ । २०७४ मा एमसीसी परियोजना कार्यान्वयनमा सम्झौता भएकोमा २०७८ मा मात्र संसदबाट पारित भएको थियो । २०८५ सालभित्र एमसीसी परियोजना सम्पन्न भइसक्नुपर्नेछ । सम्झौता देखि कार्यान्वयनको घोषणा गर्न ६ वर्ष लागिसकेको छ । यसकारण पनि यो समयमा सम्पन्न हुनेमा आशंका छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया