२३ भाद्र २०८१, आइतबार | September 8, 2024

प्राज्ञिक विद्यार्थी परिषद् द्वारा रूपन्देहीको पशुपति माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


August 27, 2023
249
Shares

काठमाडौं, १० भाद्र । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले रुपन्देहीको कोटिहवास्थित श्री पशुपति माध्यमिक विद्यालयका एक सय जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतवार आयोजित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिका शिक्षा महासाखा प्रमुख गंगा राम आचार्य, पशुपति क्याम्पसका क्याम्पस प्रमुख जित बहादुर रास्कोटी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्चित श्रेष्ठ, परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, राष्ट्रिय सचिव तिर्सना खराल, केन्द्रीय सदस्य द्वय श्रीधर घिमिरे र बद्री भट्टराई, प्रदेश सचिव आकृति कंडेल, लुम्बिनी प्रदेश सह संगठन सचिव हरिश बोहोरा विद्यालयका सहायक प्रधान अध्यापक चक्रपाणी बस्याल लगायतको उपस्थिति थियो ।

प्राज्ञिकले देशभरका १५ जिल्लाका २५ सय भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरणको कार्यक्रम सञ्चालन गरेको छ । यसका साथै देशभर व्यक्तित्व विकास तालिमलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया