३१ भाद्र २०८१, सोमबार | September 17, 2024

वीरगञ्जमा गृहमन्त्री श्रेष्ठलाई कालो झण्डा, गौहत्यामा संलग्नलाई कारबाहीको माग


August 27, 2023
0
Shares

वीरगञ्ज, १० भाद्र । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हिन्दू स्वयंसेवक संघ र विश्व हिन्दू परिषद्का कार्यकर्ताले कालो झण्डा देखाएका छन् । गैरकानूनी रुपमा गौहत्या गर्नेमाथि कारबाही नगरेको भन्दै संघ र परिषद्का कार्यकर्ताले आइतबार कालो झण्डा देखाएर विरोध गरेका हुन् ।

वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न पुगेका गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी समेत भएको छ । विरोधमा संलग्न परिषद्का कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा प्रज्वल डंगोल, मुन्ना गुप्ता, विशाल गुप्ता, राजा गुप्ता र जितेन्द्र सर्राफ समेत छन् ।

धरानमा गौहत्या गरी भोज गर्नेलाई कारबाही नगरेको भन्दै देशव्यापी विरोध प्रदर्शन हुँदै आएको छ । विशेषगरी तराई क्षेत्रमा विरोधका कार्यक्रम भइरहेका छन् ।

प्रतिक्रिया