३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा बुटवलमा शिक्षा कार्यशाला


August 27, 2023
0
Shares

बुटवल, १० भाद्र । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बुटवलमा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक कार्यशाला आयोजना गरेको छ । शनिवार आयोजित कार्यशालामा शिक्षामा चुनौती, समस्या र समाधानको उपायबारे गम्भीर विमर्श भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा। नन्द बहादुर सिंह थिए । कार्यपत्र प्रस्तुतकर्ता लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकाल र टिप्पणी कर्ता संस्कृत विश्वविद्यालयका पूर्व अनुसन्धान निर्देशक प्रा.डा. काशीनाथ न्यौपाने र शिक्षाविद् प्रा.डा. रामचन्द्र अचार्य रहेका थिए ।

कार्यक्रम संयोजक एवम् परिषद्का राष्ट्रिय उपाध्यक्ष अच्युत पन्तज्यू, विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनी, परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, परिषद्का राष्ट्रिय सचिवद्वय तिर्सना खराल र अनुराग पाण्डे, प्रदेश अध्यक्ष कृष्ण न्यौपाने, प्रदेश सह( संगठन सचिव हरिश बोहरा, प्रदेश सचिव आकृति कंडेललगायतको उपस्थिति थियो ।

कार्यक्रम लुम्बिनी प्रदेशका विभिन्न शैक्षिक संस्थाका सञ्चालक, क्याम्पस प्रमुख, प्राचार्य, शिक्षक र परिषद्का कार्यकर्ताहरूको विशेष उपस्थितिमा कार्यशाला सम्पन्न भयो । लुम्बिनी वाणिज्य क्याम्पस प्रमुख प्रा।डा। तारा प्रसाद उपाध्यायले कार्यपत्र प्रस्तुत सत्रमा अध्यक्षता गरेका थिए ।

प्रतिक्रिया