२३ भाद्र २०८१, आइतबार | September 8, 2024

सानिमा बैंक ग्राहकले दराजमा विशेष छुट पाउने


August 25, 2023
83
Shares

काठमाडौँ, ८ भदौ। सानिमा बैंकले दराजसँग सहकार्य गरेको छ । बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दराज मन्थ्ली पेडे योजना’ अन्तर्गत छुट दिने बारे सहकार्य गरेको हो ।

यस योजना अनुसार ग्राहकहरूले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रिम भुक्तानी गर्दा भाद्र २०८० देखि श्रावण २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको हो ।

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ७५० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकहरूले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्न ग्राहकहरूले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया