१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्डको अपराध र सत्ता जोगाउन भ्रष्टाचारी र अपराधीलाई उन्मुक्ति


August 25, 2023
0
Shares

प्रकाश रायमाझी: प्रचण्डले कार्यकारी प्रधानमन्त्री जस्तो महत्वपूर्ण पदकोभूमिकालाई समेत आफ्नो स्वार्थपुर्तिको निमित्त तिलाञ्जली दिदै भ्रष्टाचार दुराचारको पोखरीमा डुबुल्की मारेर देशको गरिमालाई समाप्त बनाउने कोशिस गरिरहेका छन्।

शेरबहादुर देउवा जस्तो गद्दारको सामु घुँडा टेकेर प्रधानमन्त्रीको पद ओगट्नु त्योभन्दा ठूलो देशवासीलाई धोक्का अरु के हुनसक्छ ? भ्रष्टाचारी र अपराधीलाई उन्मुक्ति दिन ? 17 हजारभन्दा बढी मान्छेको हत्या गरेका प्रचण्डले यसैको लागि थियो ? सत्ताको र स्वार्थको पारिवारिक राजनीतिगर्न ? भ्रष्टाचारको अन्त्य गर्छु भन्दै फुर्ती देखाउने गोरखाका राजनीतिक व्यापारी नारायणकाजीको पनि कुकृतिहरू सर्वत्र उजागर भएकै छैन‌‌।

कमाउ धन्दा भ्रष्टाचारमा लिप्त पैसा छाप्ने मेसिनमा पदलाई उपभोग गर्दै आएका उनी निकट व्यक्ति र परिवारको अपारदर्शी ढंगले अकुतसम्पत्ति कहाँबाट आयो? अव‌ पनि छानबिन गर्न अख्तियारले किन खुट्टा कमाउँने ? जुनसुकै कुरामा पनि सर्वसाधारणमा भ्रम छरेर भ्रष्टाचारको विरोध गर्ने यस्ता छद्मभेषी हरूको चरित्र बारेमा नेपालीले राम्रोसँग बुझीसकेका छन्। संगठित र गम्भीर प्रकृतिका भ्रष्टाचार जन्यकाण्डमा सत्तासीनहरू मात्र जोडिएका छन् ?

राज्यशक्तिको आडमा सम्पुर्ण अपराधीहरुलाई ढाकछोप गर्ने काम भइरहेको छ। भ्रष्ट प्रशासन तिनै प्रशासक बाट आम नेपाली जनता शोषित पीडित बन्न बाध्य भएका छन्। अब यो राजनीतिक प्रणालीको आडमा भ्रष्टाचारमा जोडिएका हरुलाई जनस्तरबाट समेत छानबिनगरि कारवाही गर्न देशव्यापी अभियान हामीले शुरु गरिसकेका छौँ। यसैगरी जातीय सवाल उठाउने र सामाजिक सद्भाव एवं अन्तरसम्बन्धमा‌ खलल पुर्याउने प्रचण्ड प्रवृत्तिलाई हामी मुखदर्शक भएर हेर्न सक्दैनौ‌‌।

कुनै पनि दलका तिनका नेता भन्दा हाम्रो लागि देश ठूलो हो भने जनता जनार्दन हुन‌‌। भुटानी शरणार्थी प्रकरण थप अनुसन्धान नगर्ने गिरि बन्धु चिया बगान ललितानिवास ,सुनकाण्ड लगायत यसमा संलग्न भएका नीतगत कसुरदार र अपराधीहरुलाई संरक्षणगर्ने माफियाहरूको लेनदेनमा चल्ने सरकार हाम्रो लागि स्वीकारी हुनै सक्दैन।

सुशासनका निमित्त कर तिर्न बन्द गरौ सुरक्षा निकायहरूले पनि देश र जनताको प्रतिकूल हुने आदेशलाई भन्नुपर्छ भन्ने छैन राष्ट्रिय हितको लागि मात्र सरकारको आदेश मान्ने हो तर व्यक्तिगत स्वार्थ पूर्तिमा मात्र लागेको व्यक्तिहरू सत्तामा बस्दा देशको प्रतिनिधित्व गरेको स्वीकार्न सकिन्न बुझौ। इमान्दार कर्मनिष्ठ प्रहरीहरुको मनोबल टुटायर बिचौलिया र दलालहरूको कमिसनमा उद्धत भएका गृहमन्त्री कुन दुलोमा पसेका छन् खोक्रा आदर्शका कुरा गर्थे ?

नेपाली सेनाले पनि सरकारको आदेश मान्नु भनेको जुनसुकै विषयमा होइन राष्ट्रहीत को पक्ष मात्र हो‌। संविधानले प्रधानसेनापतिलाई देशको विषम परिस्थितिमा पनि वैधानिकताको नाउँमा शान्ति अमनचयन भङ्गभै जातीय सद्भावमा चोट पुग्ने अवस्था आउँदा पनि तमाशा हेर्नुभनेको छैन।

सेना आफैंमा एउटा देश पनि हो। आन्तरिक र बाह्य हस्तक्षेप क्षेत्र बाट सार्वभौमसत्तामाथि खतरा उत्पन्न हुँदा देशमा सेना मौन बस्नु भनेको देशको लागि दुर्भाग्य हो। सारा नेपालीको भावना विपरित सेन्डीगेटधारीहरूले राज्यसत्ता कब्जागर्दा पनि दिउसै रमिता हेरेर बस्नुपरेको छ। तर्सथ प्रत्येक नेपालीहरूले अब आफ्नो हकअधिकारको रक्षा गर्न बाध्य भएर उठ्नैपर्छ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया