२२ भाद्र २०८१, शनिबार | September 8, 2024

चन्द्रमामा गुड्न थाल्यो भारतको रोबर प्रग्यान


August 24, 2023
0
Shares

एजेन्सी, ७ भाद्र । चन्द्रमामा अवतरण भएको भारतको यानबाट रोबर निस्किएर गुड्न थालेको छ । चन्द्रयान ३ मा जडित रोबर प्रग्यान गुड्न थालेको भारतीय अन्तरीक्ष अध्ययन संस्था इसरोले ट्वीटमार्फत् जानकारी दिएको छ ।

भारतको यानबाट प्रग्यान रोबर निस्किएको खबर विहान प्राप्त भएको छ । रोबटले चन्द्रमाको सतहको अध्ययन गर्ने जनाइएको छ ।

अबको १५ दिन रोबर प्रग्यान गुड्ने र अध्ययन गर्ने तय छ । चन्द्रमाको नमूनाहरु निकालेर परीक्षणका लागि ल्याउने तयारी समेत भएको छ ।

भारतले पहिलोपटक चन्द्रमामा बुधवार यान अवतरण गरेको हो । चन्द्रमामा यान अवतरण गराउने भारत चौंथो देश बनेको छ । दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो देश बनेको छ ।

प्रतिक्रिया