२३ भाद्र २०८१, आइतबार | September 8, 2024

रुसको निजी सैन्य समूह वाग्नर प्रमुखको रहस्यमय विमान दुर्घटनामा मृत्यु


August 24, 2023
0
Shares

एजेन्सी, ७ भाद्र । रुसको निजी सैनिक समूह वाग्नरका प्रमुख इभगेनी प्रिगोजिनको रहस्यमय विमान दुर्घटनामा मृत्यु भएको छ । निजी विमानमा सवार प्रिगोजिनसहित १० जना घटनामा मारिएका छन् ।

विमान के कारणले दुर्घटना भयो भन्नेबारे यकिन नभएपनि खसालिएको आशंका छ । दुई महिना अघि उनीमाथि विद्रोह गरी रुसको सत्ता कब्जा गर्न खोजेको आरोप थियो ।

केही दिनअधिमात्र प्रिगोजिनले अफ्रिकामा रहेर भिडियो सन्देश दिएका थिए । उनले रुसलाई अझ महान बनाउने र अफ्रिकालाई अझ मुक्त क्षेत्र बनाउने बताएका थिए ।

कतिपयले घटनामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि औंला तेर्साएका छन् । पुटिनले हवाई सैनिक प्रमुख परिवर्तन गरेको केही दिनमा घटना भएकोले आशंकामा बल पुगेको हो ।

रुसी समाचार संस्थाले घटनाको छानविन गरिने समाचार प्रकाशन गरेका छन् । प्रिगोजिनको मृत्युले वाग्नरको नेतृत्व कस्ले लिने भन्ने चासो बढेको छ ।

प्रतिक्रिया