१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालका कम्युनिस्टहरुमा व्यक्ति हावी; ओली, प्रचण्ड र माधवको आ आफ्नो पार्टीभित्र एकछत्र राज


August 23, 2023
0
Shares

काठमाडौं, ६ भाद्र । नेपालका कम्युनिस्ट पार्टीमा व्यक्ति यति हावी हुँदै गएका छन् कि उनीहरुमा तानाशाह प्रवृत्ति देखिएको छ । जो नेतृत्वको विरोध गर्छ उसलाई राजनीतिक रुपमा सक्याउने खेल नै खेलिन्छ ।

नेकपा एमालेले आफूलाई सबैभन्दा लोकतान्त्रिक दल देखाउन खोजेपछि त्यहाँ केपी शर्मा ओलीको एकछत्र राज छ । ओली नै एमाले र एमाले नै ओली जस्तो बनाइएको छ ।
पछिल्लो समय मदन भण्डारी र मनमोहन अधिकारीसँगै ओलीको तस्बिर राख्न थालिएको छ । ओलीको ठूला प्रतिमा र तस्बिर अंकित ब्यानर राखेर मात्र कार्यक्रम चलाउन थालिएको छ ।

महाधिवेशनमा पनि ओलीले जस्को नाम बोल्यो ऊ नै पदाधिकारी र केन्द्रीय सदस्य चयन भयो । यतिसम्मकी आफ्नालाई सांसद बनाउन ओलीले कतिपयलाई पेलेरै पाखा लगाए ।

ओलीलाई महाधिवेशनमा चुनौती दिने डा. भीम रावल पाखा लगाइएका छन् । उनलाई कुनै जिम्मेवारी दिइएको छैन । घनश्याम भुषालले त एमाले नै छाडे । ओलीले सी चिनफिङ शैलीमा पार्टीलाई बढाउन खोजेको देखिन्छ । ओलीपथमा बढेको एमाले पुराना कार्यकर्ता पन्छाइएका छन् ।

नेकपा माओवादी केन्द्रमा पनि प्रचण्ड जे भन्यो त्यो मात्र हुन्छ । उनले नै पदाधिकारी छानेर कतिपय क्षमतावान नेतालाई रोकिदिए ।

माओवादी भनेकै प्रचण्ड र प्रचण्ड भनेकै माओवादी जस्तो छ । उनी आफैले पटक पटक पार्टी विघटन गर्ने र नयाँ निर्माण गर्ने गर्दै आएका छन् । प्रचण्ड यसकारण पनि व्यक्तिवादी देखिन्छन् ।

विगतमा प्रचण्डको व्यक्तिवादी प्रवृत्तिका कारण डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, सीपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव जस्ता नेताले पार्टी नै छाडेका थिए । प्रचण्डले आफ्ना परिवार र आफन्तलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएर पनि राखेका छन् । प्रचण्डकी छोरी रेनु दाहाल, भाई नारायण दाहाल, छोरी गंगा दाहालका अलावा आफन्तले जिम्मेवारी पाएका छन् । परिवारवाद पनि देखिएको छ माओवादीमा ।

नेकपा एकीकृत समाजवादी पार्टीमा पनि माधवकुमार नेपाल जे भन्छन् त्यो मात्र हुन्छ । नेकपा एस भनेकै माधव नेपाल जस्तो छ । एसमा नाम मात्रको छलफल हुने गरेको छ ।

यसरी नेपालका कम्युनिस्टहरु व्यक्ति प्रधान बनेका छन् । व्यक्तिको करिश्मामा मात्र उनीहरु चल्छन् । व्यक्ति कहिलेकाहीं तानाशाह भइदिन्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया