८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

विश्वकप फुटबलमा इंग्ल्यान्ड र स्पेनमध्ये कस्ले मार्ला बाजी ?


August 20, 2023
0
Shares

एजेन्सी, ३ भाद्र । महिला विश्वकप फुटबलमा इंग्ल्यान्ड र स्पेनबीचको खेलमा जस्ले जितेपनि पहिलोपटक विश्वकप उचाल्नेछन् । यी दुवै टोली पहिलोपटक महिला विश्वकपको फाइनलमा पुगेका हुन् ।

विश्वकपमा यसपटक रोचक प्रतिष्पर्धा भयो । सन् १९९१ यता अमेरिकाले महिला विश्वकपमा वर्चश्व बनाउँदै आएको थियो । तर, अमेरिका यसपटक क्वाटरफाइनलभन्दा माथि बढ्न सकेन ।

चारपटकको विश्वकप विजेता अमेरिका भन्दा पनि दुईपटकको विश्वकप विजेता जर्मनी पहिलो चरणबाट अगाडि बढ्न सकेन ।

एकपटकको विश्वकप विजेता जापान क्वाटरफाइनलमा पराजित भयो । नर्वे पनि प्रि क्वाटरफाइनलमा पराजित भयो ।

यसपटक इंग्ल्यान्डको प्रदर्शन सशक्त रह्यो । उसले समूह चरणमा कुनैपनि हार व्यहोरेन । यसकारण उसको जितको सम्भावना बलियो छ ।

स्पेन समूह चरणमा जापानसँग ४-० गोल अन्तरले पराजित भएपछि विश्वकपको दाबेदार देखिएको थिएन । तर, उसले नकआउट चरणमा सशक्त प्रदर्शन गर्न सक्यो ।

प्रतिक्रिया