३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नेपालमा धार्मिक द्वन्द्व निम्त्याउन आपराधिक समूहले गोरुकाण्ड मच्चाएको विश्व हिन्दू परिषद्को निष्कर्ष


August 17, 2023
0
Shares

काठमाडौं, ३२ साउन । विश्व हिन्दू परिषद् नेपालले देशमा धार्मिक द्वन्द्व निम्त्याउने षड्यन्त्र भइरहेको निष्कर्ष निकालेको छ । परिषद्ले धरानमा गोरु काटेर भोज गर्नेलाई कारबाहीको माग गर्दै यो घटना नियोजित र धार्मिक हिंसा भड्काउने उद्देश्यले प्ररित भएको निष्कर्ष निकालेको हो ।

विश्व हिन्दू परिषद्का अध्यक्ष टिका बहादुर पहारी र महासचिव जितेन्द्र कुमार देवले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा धरानमा तारेखमा रिहा भएका अपराधी सहितका समूहले सार्वजनिक रुपमा गोरुको हत्या गरी आयोजना गरिएको भोजप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परिषद्ले भनेको छ, ‘नेपालमा धार्मिक द्वन्द्व निम्त्याउने आपराधिक समूहद्वारा घटाइएको उक्त जघन्य क्रियाकलापको विश्व हिन्दू परिषद् नेपाल घोर भत्र्सना गर्दछ ।’

हिन्दूहरु गौवंशलाई भगवानको रुपमा पूज्ने गर्दछन् भन्दै कानूनले वर्जित गरेको भएतापनि गौहत्या बढ्नुलाई चिन्ताजनक भनिएको छ । गौहत्यामा संलग्नलाई कानूनी दायरामा नल्याइए सामाजिक सद्भावमा खलल पुग्ने परिषद्को ठहर छ ।

प्रतिक्रिया