५३९ कृतिका सर्जक योगी नरहरिनाथ
रोशण शाहा: पिता श्री ललितसिंह थापा र माता श्रीमती गौरादेवीको कोखबाट विक्रम संवत् १९७१ फागुन १७ गते कलिकोटमा जन्मिएका वलवीरसिंह थापानै पछि गएर नाथ परम्परामा दिक्षित भएर योगी नरहरिनाथ हुनुभयो । उहाँ धर्म, भाषा, इतिहास, समाजशास्त्र, दर्शनशास्त्र, आयुर्वेद, साहित्य जस्ता अनेकन क्षेत्रका अद्वितीय प्रकाण्ड विद्वान् एवम् वैदिक वाङ्मयका मर्मज्ञ ज्ञाता हुनुहुन्थ्यो ।

कुनै समयमा कलुषित चाह राखेका विदेशी र आफ्नै प्रचक्रीहरूले देशको सार्वभौम अस्तित्वमानै खललपार्न उद्यतरहेर संयुक्त राष्ट्रको सदस्यहुन अवरोध पारेका वखत राजा महेन्द्रलाई स्वतन्त्र सार्वभौम राज्यलाई संयुक्त राष्ट्र संघको सदस्य हुन चाहिने प्रमाण जुटाउन सहायता गरेर नेपाललाई संयुक्त राष्ट्र संघमा सामेल गराउन अमुल्य योगदान गर्नुभएको थियो। शैवागमको सोधखोज, धर्मजागरण हेतु कोटिहोम ९श्रीबृहदाआध्यात्मिकपरिषदः स्वर्णमहत्सव (२०७२ स्मारिका का अुनुसार नेपालमा र विदेसमा गरी जम्मा १२९ स्थानमा कोटिहोम), नेपालमा संस्कृत विश्र्वविद्यालय खोल्न उहाले नै अलख जगाउनु भयो र दाङ्गमा ‘महेन्द्र संस्कृत विश्र्वविद्यालयु खुल्यो तेसपछि ‘ सरयु संस्कृत विश्र्वविद्यालयु पनि उहाँले नै खोल्नु भएको थियो । उहाँको राष्ट्रवादी धार्मिक शैक्षिक व्यक्तित्व सबै नेपालीकालागि आदर्स पथप्रदर्शक छ ।
उहाँले प्रकाशन र सम्पादन गरेका पत्रिकाहरू:
१।पुरूषार्थ
२।विश्वत्मा दर्शन
३।कर्मवीर
४।आर्यवीर
५।ग्रामगरिमा
६।हिमवत्संस्कृति
७।संस्कृत सन्देशः
८।सरयू सन्देशस्
९।नाथ सन्देश
आदि हुन् ।
विदेशी लेखकका पाँच-सातवटा बुक पढेर हलानोवाद फलानोवाद फलानोधर्म भन्दै आफ्नै पितापूर्खाको आस्था रीति थिति धर्म भाषा र संकृतिको सौर्यलाई गुल्चेर प्रचक्रीका मतियारभई नैतिक इमान एवम् गतिछाडी कुदने हामीहरू सबैले हाम्रा पिता-पूर्खाका अनि आफ्नै ठाउँका पौरख, विवेक र ज्ञानले भरीपूर्ण ऐतिहासिक दस्तावेज, चिट्ठी-पत्र, शिलालेख-ताम्रपत्र, वंशावली, नाथ, सिद्ध-वुद्धहरूका जीवनीहरू र कृति श्री योगी नरहरिनाथ ज्यूले विशाल सङ्ग्रह गरिदिनुभएको छ ।
हामी सबैले एकपटक उहाँका अमुल्य पुस्तकहरू अध्ययन मनन् गर्नैपर्ने ठान्दछु । जजस्ले उहाँका पुस्तकहरू एक पटक मत्रै अध्ययन गर्नेछौँ, सबैमा अआफ्नो कुलवंश, राष्ट्र, राष्ट्रियता र मूलधर्मको वोध हुनेछ १ यानि आफु र आफ्नो स्वधर्मको बोध हुनेछ !
योगी नरहरिनाथले सङ्ग्रहगरी प्रकाशन गर्नुभएका र पाण्डुलिपि तयार पार्नुभएका पुस्तकहरू:
१।गोरक्षस्कृतिमञ्जरी
२।गोरक्षयोगमञ्जरी
३।गोरक्षास्तवाः
४।गोरक्षसहस्रनाम
५। गोरक्ष गणेश गोष्ठी
६।गोरक्षदत्त ज्ञनगोष्टी
७।गोरक्षनाथ शव्दी
८।गोरक्षसंहिता
९।गोरक्षविद्या
१०।गोरक्षरक्षा
११।गोरखवाणि
१२। ठगोरखबोध
१३।गोरक्षन
