३ आश्विन २०८१, बिहिबार | September 20, 2024

ढकालबन्दु भोजभत्तेरमा मस्त


August 15, 2023
0
Shares

काठमाडौं, ३० साउन । चीनको कुनमिङमा साउन ३१ देखि भदौ ३ सम्म आयोजना हुने चीन दक्षिण एशिया प्रदर्शन र २७औं आयात निर्यात मेलामा भाग लिन नेपालका व्यापारीहरुको लाम नै लागेको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको टोली कुनमिङमा विशेष अतिथिका रुपमा छ ।

नेपालबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र पूर्वअध्यक्ष चण्डी ढकाल पनि पुगेका छन् । उनीहरु साँझ मेला आयोजकले आयोजना गरेको डिनरमा देखापरेका छन् । दुवैले परिचयपत्रको कार्ड झुण्डाएका छन् ।

परराष्ट्र सचिव भरत राज पौडेल पनि कुनमिङको डिनर पार्टीमा देखिए । राजदूत विष्णु पुकार श्रेष्ठ पनि बेइजिङबाट कुनमिङमा पुगिसकेका छन् ।

प्रतिक्रिया