२३ भाद्र २०८१, आइतबार | September 8, 2024

दौरा सुरुवालमा चीन पुगेका उपराष्ट्रपति रामसहाय यादवको भव्य स्वागत


August 15, 2023
0
Shares

काठमाडौं, ३० साउन । उपराष्ट्रपति रामसहाय प्रसाद यादव गएराति चीनको कुनमिङ पुगेका छन् । दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर कुनमिङ पुगेका यादवको चाङसुई अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत भयो ।

उनलाई युनान प्रान्तका चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष चेन युहाउ, चीनका लािग नेपालका राजदूत विष्णु पुकार श्रेष्ठलगायतले स्वागत गरेका थिए ।

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँग धर्मपत्नी चम्पादेवी यादव, निजी चिकित्सक डा. शिवजीविक्रम सिलवाल, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय सचिव शुत्रधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा रहेका छन् ।

साउन ३१ देखि भदौ ३ सम्म चीनको कुनमिङमा हुने सातौं चीन दक्षिण एशिया प्रदर्शनी र २७औं चीन कुनमिङ आयात निर्यात मेलामा यादवको सहभागिता हुन यादव कुनमिङ पुगेका हुन् ।

उपराष्ट्रपति यादवको चीनको पहिलो विदेश भ्रमणलाई चासोका साथ हेरिएको छ । उनले चीनमा रहँदा उच्च अधिकारीहरुसँग भेट्ने तय छ ।

प्रतिक्रिया