९ श्रावण २०८१, बुधबार | July 24, 2024

हिन्दुत्वको प्रयोगले छलाङ्ग मारिरहेको एउटा देश


August 14, 2023
0
Shares
विपिन देवः भारतले स्वतन्त्रता दिवसको अमृत काल मनाइरहेको छ । अमृत कालमा जी टेउन्टीको अध्यक्षता र संघाई सहयोग संगठनको समेत भारतले ग्रहण गरेको छ । ७७ औं स्वतन्त्रता दिवसको सेरोफेरोमा विभिन्न राजनीतिक र दार्शनिक भाष्यले समेत चर्चा पाएको छ । भारतीय स्वतन्त्रता संग्रामको गर्भबाट विभिन्न राजनैतीक सिद्धान्तको उद्घोष समेत भएको छ । गान्धीवाद, समाजवाद, हिन्दुत्व र परिस्कृत माक्र्सवाद जस्ता विभिन्न चिन्तनधार प्रस्फुटित भएका छन् । वर्तमान परिवेशमा हरेक चिन्तनधारा मध्ये हिन्दुत्व चिन्तन धारा अब्बल देखिएको छ ।
हिन्दुत्व चिन्तन धाराका आलोकमा नै वर्तमान भारतीय राजनीतिलाई सुक्ष्म संश्लेषण र विश्लेश्ंण गर्न सकिन्छ । हिन्दुत्व चिन्तन धाराको दार्शनिक स्तम्भका रूपमा विर सावरकरलाई लिइन्छ । भारतीय चूनावमा सबभन्दा बढी चर्चा हुने व्यक्तिको रूपमा सावरकारलाई नै लिइन्छ । सावरकर एक कवि, विद्वान, क्रान्तकारी र समाजसुधारक थिए । सन् १८५७ भएको विद्रोहलाई आधार बनाएर सावरकरले “फस्ट बार आफ इण्डियन इनडिपेनडेन्स” लेखेका थिए । पुस्तक प्रकाशित हुनु भन्दा पहिले नै ब्रिटिश सम्राज्यले पुस्तकलाई प्रतिवन्ध गरेर उनलाई बेलायतबाट गिरफ्तार गरी भारत चलान गरेका थिए । सावरकार क्रान्तीको प्रतिमूर्ति थियो ।
सामुद्रिक यात्राको क्रममा उनले पानी जहाजबाट नै हाम फालेका थिए । दुर्भाग्यवस समुद्रको किनारामा उनी बन्दी बनाइए । सावरकरलाई अण्डमानमा २५ वर्षको लागि कैद गरियो । संसारमा सबैभन्दा कुर यातना अण्डमानको कैदीलाई नै दिइन्थ्यो । आषुदोश देशमुखले सावरकरको जीवनीमा सावरकरको जेलको पर्खालमा किला र ढुङ्गाको माध्यमबाट ६ हजार कविता लेखेको उल्लेख गरेका छन् । यी कविताहरूमा क्रान्तिको राप र ताप थियो । समाज सुधारको आग्रह थियो । सावरकरको व्यक्तित्व र कृतीत्व माथि अर्को पुस्तक धनजय कीरले लेखेका छन् ।
कीरले “सावरकर एण्ड हिज टाइम्स”मा सावरकरको क्रान्तीकारी व्यक्तित्वको वारेमा चर्चा गरेका छन् । सन् १९०५ मा नै ब्रिटिशद्वारा उत्पादित लुगालाई आगो लगाएर विदेशी समानलाई वहिष्कार गर्ने सावरकर नै थिए । गान्धीले यसको कालान्तरमा प्रयोग गरेका थिए । तर मौलिक प्रश्न सावरकरको हिन्दुत्वको प्रस्तावना नै हो । सावरकरको मौलिक कृती “हिन्दुत्व”नै हो । सावरकरले “हिन्दुत्व” पुस्तकको माध्यमबाट प्रत्येक नयॉ राष्ट्रवादको प्रस्तावना  राखेका छन् । अर्थात् प्रत्येक भारतीयले भारतलाई पुण्यभूमी मानेको खण्डमा मात्रै देश प्रतिको निष्ठा सावित हुने उनको तर्क रहेको छ । मक्का, मदिना र रोयलाई पुण्यभूमी मानेको खण्ड नागरिक देश प्रति वफादार नहुने सक्ने सावरकरको तर्क रहेको छ ।
विक्रम सामवादले सावरकरको जीवनीमा उनकोे विराट व्यक्तित्वलाई आलोकित गर्दै “हिन्दुत्व” राजनीतिक, आर्थिक र सामाजिक दस्तावेज भएको जिकिर गरेका छन् । हुनतः सावरकर जनसंघ र राष्ट्रिय स्वंय सेवक संघको विधिवत सदस्यता लिएको थिएन् । तर जनसंघ र राष्ट्रिय स्वंय सेवक संघको वैचारिक मार्गदशन गर्ने सावरकरको  नै हुन् । सन् २००० मा भारतमा तत्कालीन प्रधानमन्त्रीले  बाजपेयीले सावरकरलाई भारतको सर्वोच्च नागरिक सम्मान “भारत रत्न”को लागि समेत सिफारिश गरेका थिए । तत्कालीन राष्ट्रपति के.आर. नारायणलाई मान्य नभएर सावरकरलाई भारत रत्नबाट अङ्लकृत गरिएन ।
हिन्दुत्व चिन्तन धारालाई अगाडि बढाउ‘ने अर्को महापुरुषको रूपमा डा. श्यामा प्रसाद मुखर्जीलाई लिइन्छ । डा. मुखर्जी उच्च कोटिको विद्वान थिए । बेलायतबाट विद्यावारिधी गरेका मुखर्जी ३३ वर्षको उमेरमा कलकता विश्व विद्यालयको उपकुलपति भएका थिए । बङ्गाल विभाजनलाई विरोध गर्ने र बङ्गालमा समेत सफल अर्थमन्त्री भएका डा. मुखर्जी नेहरु मन्त्रीमण्डलमा उद्योग तथा आपूर्ति मन्त्री थिए । हिन्दुसभाको अध्यक्ष भएता पनि गान्धीको विषेश सिफारिशमा नेहरु मन्त्रीमण्डलमा उनले ठाउ‘ पाएका थिए । भारतीय संसदमा उनलाई “संसदको सिंह” भनिन्थ्यो । तर नेहरुको कटु आलोचना गर्दै मन्त्रिमण्डलबाट राजीनामा गरेका थिए । अर्थात् नेहरु लियामत प्याकट अनुसार भारतले पाकिस्तानमा रहेका हिन्दुहरूको प्रति दायित्वलाई तिलाञ्जली दिएको थियो ।
डा. मुखर्जी पाकिस्तानमा भइरहेको हिन्दु नरसंहार प्रति कडा प्रतिवाद गरेका थिए । साथ साथै काश्मिरलाई धारा ३७० प्राप्त थियो । तत्कालीन समयमा काश्मिर प्रवेशको लागि हरेक भारतीयलाई प्रमिट (आज्ञा पत्र) लिनु पथ्र्यो । काश्मिरको आप्mनै झण्डा र कानुन समेत थियो । डा. मुखर्जीले एक देशमा एक प्रधान र एक निशान मात्र हुनु पर्दछ  भन्ने नाराका साथ विषेश कानुनलाई सत्याग्रहको माध्यमबाट कानुन तोड्दै २३ जुन १९५३ मा काश्मिरमा आप्mनो गिरप्mतारी दिएको थियो । गिरफ्तारीको अवस्थामा नै उनको रहस्यमय मृत्यु भयो ।
सन् १९५१ अक्टुबरमा नै डा. मुखर्जी र माधव शताशिव गोलवलकरको सहकार्यमा जनसंघ (कालान्तरमा भाजपा) को स्थापना भइसकेको थियो । डा. श्यामा प्रसाद मुखर्जीको निजी सचिवको रूपमा अटल विहारी वाजपेयी थिए । डा. मुखर्जीको रहस्यमय मृत्यु पश्चात हिन्दुत्व चिन्तन धाराको नेतृत्व गुरु गोलवलकरले गरेका थिए । गोलवलकर अद्भुत क्षमताका विद्धान थिए । उनले राजनीतिलाई सन्यासको रूपमा व्याख्या गरेका थिए ।
राष्ट्रिय स्वंय सेवक संघको माध्यमबाट उनले प्रत्येक कार्यकर्तामा चरित्र निर्माण गरेका थिए । जनसंघलाई चरित्र निर्माण गरेर कुशल कार्यकर्ता दिने काम स्वंय सेवक संघले गरेका थिए । आफ्नो पुस्तक “वन्च अफ थौट”मा गुरु गोलवलकर राजनैतिक र आर्थिक सिद्धान्तलाई प्रतिवादन गरेका छन् । हिन्दुत्व चिन्तन धारालाई दार्शनिक धरातल दिने काम पण्डित दिनदयाल उपाध्यायले गरेका थिए ।
वास्तवमा हिन्दुत्व चिन्तन धारालाई सुत्रात्मक राजनैतिक व्याख्या गर्ने काम पण्डित दिनदयालले गरेका छन् । उनले राजनैतिक दस्तावेजको रूपमा एकात्मक मानववाद” प्रस्तावना अगाडि सारेका छन् । “एकात्मक मानववाद” एक राजनैतिक सिद्धान्त हुन् । पण्डित दिनदयालले साम्यवाद र पु‘जीवादलाई पश्चिमा भोगवादसंग तुलना गरेका छन् । पु‘जीवाद र साम्यवादले मानवलाई वस्तुवादी र समाजलाई यन्त्रको रूपमा व्याख्या गरेको उनको जिकिर रहेको छ । अर्थात् साम्यवाद र पुजीवादले मानवको पाश्विक चरित्रलाई मात्र उदांग गरेको छ ।
एकात्मक मानववादले मानवको समग्रतालाई व्याख्या गर्दछ । अर्थात् राज्य इमानदार भएको खण्डमा हरेक नागरिक (नर) लाई नारायण बन्न उत्मट अभिलाष प्राप्त हुन्छ । भनाइको अर्थ मानवको आकाङ्क्षा भौतिक र अध्यात्मिक तृप्ती हो । एकात्मक मानववादले राजनैतिक, सामाजिक र आर्थिक रूपरेखा अगाडि सारेका छन् । हिन्दुत्वको यात्रामा अटल विहारी बजापेयी र लालकृष्ण आडवाणीको दिगर्दशन र मार्गदर्शनले सन् २०१४ देखि सन् २०२३ सम्मको यात्रा मोदीलाई सहज भएको  छ । वास्तवमा भारतीय जनता पार्टीको नीति निर्माणदेखि संगठन निर्माणसम्म भार्गरथ काम बाजपेयी र आडवाणीले गरेका हुन् ।
भाजपाको राजनैतिक यात्रा, दार्शनिक धरातल र संगठनात्मक आरोह र अवरोहको पूर्ण विवरण आडवाणीद्वारा लिखित पुस्तक “माई लाइफ एण्ड कन्ट्री” मा पाइन्छ । सन् २०१४ देखि हिन्दुत्व नाराका साथ नरेन्द्र मोदी अगाडि बढिरहेको छ । २०१४ मा भारत विश्वको दशौं अर्थतन्त्र र २०२३ मा पॉचौ अर्थतन्त्रको रूपमा भारत छलाङ्ग मारेको छ । यसलाई हिन्दुत्वको प्रयोगको रूपमा  लिन सकिन्छ । हिन्दुत्व दर्शनको जगमा उठेको भाजपा र यसका नेता नरेन्द्र मोदीले भारतलाई विश्वमा बलियो शक्तिका रुपमा उभ्याइरहेका छन् । विश्वको कुना काप्चामा रहेका भारतीयको पहिचानलाई अझ मजबुत बनाउन सकेका छन् । यो हिन्दुत्वको सफल प्रयोगका रुपमा अध्ययनको विषय समेत बनिसकेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया