२३ भाद्र २०८१, आइतबार | September 8, 2024

उपराष्ट्रपति रामसहाय यादव किन जाँदैछन् चीन ?


August 14, 2023
0
Shares

काठमाडौं, २९ साउन । उपराष्ट्रपति भएपछि रामसहाय प्रसाद यादवले पहिलो विदेश भ्रमण चीनलाई बनाएका छन् । उनी साताव्यापी भ्रमणका लागि सोमवार अपरान्ह ४ बजेर २५ मिनेटमा चीन प्रस्थान गर्दैछन् ।

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँग धर्मपत्नी चम्पादेवी यादव, निजी चिकित्सक डा. शिवजीविक्रम सिलवाल, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय सचिव शुत्रधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा रहनेछन् ।

साउन ३१ देखि भदौ ३ सम्म चीनको कुनमिङमा हुने सातौं चीन दक्षिण एशिया प्रदर्शनी र २७औं चीन कुनमिङ आयात निर्यात मेलामा यादवको सहभागिता हुने तय छ ।

रामसहाय यादव पछिल्लो समय चिनियाँ राजदूतावासले आयोजना गर्ने कार्यक्रमहरुमा प्रमुख अतिथिका रुपमा सहभागी भइरहेको देखिन्थे । उनको विगत देखि नै चीनसँग सुमधुर सम्बन्ध रहँदै आएको थियो ।

उपराष्ट्रपति यादवको चीनको पहिलो विदेश भ्रमणलाई अर्थपूर्ण मानिएको छ । उनी उपेन्द्र यादव नेतृत्वको जसपाको संसदीय दलको नेता पनि थिए । उपराष्ट्रपति भएपछि पदबाट राजीनामा दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जसपाको पनि चीनसँग विशेष सम्बन्ध रहँदै आएको छ ।

प्रतिक्रिया