२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

माओलाई पूजा गर्नेको शासनमा किन उखेलिन्छ पृथ्वीनारायणको शालिक ?


August 13, 2023
30.6k
Shares

हेमशंकर गिरीः काभ्रेको बिकट स्थानमा अभाव र गरिबिबाट पिल्छिएर भिरको कुनामा झुप्रोकै बास थियो मेरो । बिद्यालय तहको शिक्षा आर्जन गर्न समेत कठिन भई मजदुरी संगसंगै अध्ययन समानान्तर रुपमा बढ्यो । तत्पश्चात नेपाली सेनाको सिपाहीमा प्रबेश गरि सामान्य दर्जाबाट निबृत्त भएँ । वर्गीय हिसाबले मपनि कम्युनिष्ट त्यसमाथि पनि सर्वहाराको नारा लगाउने माओवादी हुनुपर्ने हो । छिमेकी मित्र राष्ट्र आधुनिक चीनका निर्माता माओत्सेतुङ र नेपालका राजा महेन्द्रको मित्रताको बारेमा पढेको र सुनेको छु साथै माओप्रति संधै श्रद्धा र स्मरण गर्छु किन कि उनले नेपाल राष्ट्रको राष्ट्रिय एकता,अखण्डता,स्वतन्त्रता र स्वाधिनताको जग निर्माणमा स्व।राजा महेन्द्रलाई सहयोग मात्र गरेनन नेपालको विकासमा समेत साथ दिएका थिए ।

तर, माओकै नाममा नेपालमा गठन भएको पाटी माओबादीलाई ईण्डोपश्चिमा मिशनबाट बोकाएर पठाएको बिखण्डनकारी भारीले आज सिङगो नेपाल देश नै खतरामा परेको छ । देशमा जातीय टकराव बढाउन माओवादीले जुन भूमिका खेल्यो त्यो कम्युनिस्ट सिद्धान्त विपरित छ । कम्युनिस्टहरु वर्गको कुरा गर्छन् जातको होइन । कम्युनिष्टहरु वर्ग संघर्षमा जोड दिन्छन् जातीय द्धन्द्धमा होइन । यो विषय नेपालको माओवादीले किन उरालिरहेको छ ।

यो धर्तीविरुद्ध षड्यन्त्र भइरहेको छ । यो देशमा हिंसाको खेती गर्ने धन्दा चलाइएको छ । यसको भारी माओवादी नेताहरुले विगतमा बोके र फेरि पनि बोक्दैछन् । प्रचण्ड,बाबुरामहरुप्रति निम्न प्रश्नहरु तेर्साउन मन लाग्छ ।

माओबादी जनसेनालाई भारतको देहरादुन स्थित चक्रताको सरकारी ब्यारेकमा �

प्रतिक्रिया