२३ भाद्र २०८१, आइतबार | September 8, 2024

नेविसंघको असन्तुष्ट पक्षले शेखरलाई ज्ञापनपत्र बुझाउदै दियो कडा आन्दोलनको चेतावनी (भिडियोसहित)


August 13, 2023
0
Shares

काठमाडौं, २८ साउन । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले कांग्रेस नेता डा.शेखर कोइरालालाई ज्ञापन पत्र बुझाएको छ । असन्तुष्ट पक्षले संघमा विधान विपरित ७ सय १० सदस्य बनाइएको भन्दै विधानअनुसार १ सय १ सदस्यीय समिति बनाउन माग गरेको छ ।

असन्तुष्ट पक्षका नेता दीपक ओझासहितको टोलीले आइतबार नेता कोइरलालालाई ज्ञापनपत्र बुझाउँदै माग पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ । ‘नेविसंघको विधान मिचेर समिति ल्याइएको छ । विधानसम्मत समिति ल्याउनुपर्छ भन्ने हाम्रो माग छ,’ नेता ओझाले भने, ‘ हामीले पार्टी नेताहरुलाई विधान पनि बुझाएका छौं । केही समयमा अवैधानिक रुपमा भएको निर्णय सच्चिएन भने हामी कडा कदम चाल्न बाध्य हुनेछौं ।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मागपत्र बुझ्न समय नदिएपछि उनीहरुले ह्वाट्स एप मार्फत ज्ञापनपत्र पठाएका छन् । नेविसंघको तदर्थ केन्द्रीय समिति ७ सय १० सदस्यीय बनाइएपछि असन्तुष्ट पक्षले केही दिन अघि सानेपामा समानान्तर समिति बनाउने प्रयास गरेको थियो । पार्टी कार्यालयमा प्रवेश गर्न नदिएपछि उनीहरु नेताहरुलाई ज्ञापनपत्र बुझाएर केही दिन अझै कुर्ने मनस्थितीमा पुगेका छन् ।

प्रतिक्रिया