१० माघ २०८१, बिहिबार | January 23, 2025

देशभर अविरल वर्षा, कहाँ कहाँ बाढीको खतरा


August 13, 2023
0
Shares

काठमाडौं, २८ साउन । गएराति देखिको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । बाढीपहिरोले जनधनको क्षति समेत पुगेको छ ।

गृह मन्त्रालयका अनुसार पछिल्लो तीन घण्टामा मकवानपुरको मकवानपुरगढी र हेटौंडा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्रको कर्रा, सम्री खोला र अन्य स साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ ।

बागमती, नारायणी, कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली र सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास पुगेको छ ।

मस्र्याङदी, बिमलनगरलगायत नदीहरुमा पनि जल सतह सतर्कता केन्द्रको तहमा पुगेको छ ।

पूर्वका जिल्लाहरुमा पनि भारी वर्षा भएको छ । यसले विभिन्न स्थानमा पहिरो जानुका साथै सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया