१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा शिक्षा कार्यशाला


August 12, 2023
0
Shares

पोखरा, २७ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले पोखरामा एक दिवसीय शिक्षा कार्यशाला आयोजना गरेको छ । गण्डकी प्रदेशको आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक एक दिवसीय शिक्षा कार्यशाला शनिवार सम्पन्न भएको हो ।

कार्यशाला पोखरा विश्वविद्यालयका उकुलपति डा. प्रेम नारायण अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यशालामा नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सह- सचिव डाक्टर हरि लम्सालले कार्यपत्र प्रस्तुत गरे । पृथ्वी नारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्रबहादुर लामिछाने र पूर्व सह-क्याम्पस प्रमुख प्रा.डा. यादव शर्मा गौडेल टिप्पणीकर्ताको रूपमा रहे ।

कार्यक्रमको संयोजक एबम् परिषद्का गण्डकी प्रदेश अध्यक्ष दीपक रेग्मी, विद्यार्थी परिषद्का सह-राष्ट्रिय संगठन सचिव रमेश कंडेल, परिषद्का राष्ट्रिय सचिव सृष्टि जोशी, प्रदेश संगठन सचिव नारायण तिमिल्सिना प्रदेश सचिव दिप्सन गुरुङ्ग लगायत गण्डकी प्रदेशका विभिन्न शैक्षिक संस्थाका सञ्चालक, क्याम्पस प्रमुख, प्राचार्य, शिक्षक र परिषदका कार्यकर्ता र प्रतिनिधिहरूको उपस्थिति थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया