३ आश्विन २०८१, बिहिबार | September 20, 2024

भोजपुरमा निगुरो टिप्न गएका तामाङ पहिरोमा पुरिए


August 12, 2023
0
Shares

भोजपुर, २७ साउन । भोजपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जङ्गलमा निगुरो टिप्न गएका पासाङ तामाङको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भोजपुर नगरपालिका–२ हेलौछाका स्थानीय हुन् ।

तामाङ परिवारसँगै निगुरो टिप्न झ्यालसिङे जङ्गलमा पुगेका थिए । उनलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो ।

नयाँ श्रीनाथ गण भोजपुर,नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको सुरक्षा निकायको संयुक्त टोली र स्थानीयको समूहले शुक्रबार तामाङलाई मृतावस्थामा फेला परेका हो ।

मृतक तामाङको शव लाई परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया