१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्डविरुद्ध बाबुराम आक्रामक, उठाए लडाकु शिविरको घोटालाको मुद्या


August 11, 2023
0
Shares

काठमाडौं, २६ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसपटक ठूलै गुन लगाएका छन् । गोरखामा आफूले जित्दै आएको निर्वाचन क्षेत्र प्रचण्डका लागि छाडिदिएर जिताउन सहयोग गरे । प्रचण्डले चितवन निर्वाचन क्षेत्र असुरक्षित देखेपछि गोरखा उपयुक्त ठानेका थिए । त्यहाँबाट जितेर उनी प्रधानमन्त्री पनि बने ।

प्रचण्डले भने अहिले बाबुरामलाई अप्ठ्यारो पारिदिएका छन् । ललिता निवास जग्गा प्रकरणमा बाबुराम माथि पनि छानबिन बढाउने भएको छ सीआइबीले । यसले बाबुराम झस्किएका छन् । हेर्दा अदालतको आदेशले छानबिन बढाउन लागेको भनिएपनि बाबुरामले ठूलै शंका गरिसकेका छन् ।

आफूमाथि छानबिन गर्न खोजेपछि बाबुराम पनि आक्रामक बन्न थालेका छन् । उनले लडाकु शिविरको आर्थिक घोटालाको छानबिन गर्नुपर्ने विषय उठाएका छन् । शुक्रवार बुटवलमा बोल्दै बाबुरामले यो अभिव्यक्ति दिएपछि तरंग आएको छ ।

लडाकु शिविरको आर्थिक घोटालामा माओवादी अध्यक्ष प्रचण्ड, नेताहरु कृष्णबहादुर महरालगायतमाथि आरोप छ । यो विषय उठ्ने र सेलाउने गर्दै आएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया