८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

गौर हत्याकाण्डको अनुसन्धान हुने भएपछि उपेन्द्र यादव झस्किए


0
Shares

काठमाडौं, २४ साउन । १७ वर्षअघि भएको गौर हत्याकाण्डको फाइल खुल्ने भएपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तनावमा परेका छन् । २७ जनाको ज्यान गएको उक्त हत्याकाण्डमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि मुख्य योजनाको आरोप लाग्दै आएको छ ।

७ चैत्र २०६३ मा रौतहटको गौरमा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले तत्कालीन नेकपा माओवादीका कार्यकर्तालाई लखेटी लखेटी हत्या गरेका थिए । जसमा उपेन्द्र यादवलगायत नेताहरुमाथि किटानी जाहेरी परेको थियो ।

२८ चैत्र २०६३ मा यादवलगायतमाथि किछानी जाहेरी परेपनि पअनुसन्धान अगाडि बढेन । यो घटना सधै राजनीतिक विषय बनाएर थामथुम पारियो ।

अहिले आएर गौर हत्याकाण्डको छानबिनको माग गदै आएकाहरुलाई सरकारले घटनाको अनुसन्धान गर्ने सहमति गरेको छ । मंगलबार गृह मन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष सहमतिबीच पाँच बुँदे सहमति भएको छ । जसमा जाहेरी दर्ता समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।

यो बुँदा उपेन्द्र यादव झस्किएका छन् । अनुसन्धान अगाडि बढेमा यादव पनि छानबिनमा पर्नेछन् ।

पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्रीलगायत उच्चपदस्थ संलग्न मामलाको फाइल खोलिरहेको छ । यसले राजनीतिक तरंग नै ल्याएको छ ।

प्रतिक्रिया