कालीखोलामा पहिरो खस्यो,नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन २३ साउन । कालीखोला पुन नजिक पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने कालीखोला पुल नजिक अविरल वर्षापछि खसेको पहिरोले आज बिहानदेखि सडक अवरुद्ध भएको हो । आज बिहान सवा ५ बजे सो सडक खण्डमा पहिरो खसेको हो ।
अहिले पनि ठूलो पानी परिरहेकोले पहिरो हटाउने काम सुरु गर्न नसकिएको जनाइएको छ ।