२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

बाबुराम र माधव नेपाल जेल जानसक्ने


0
Shares

काठमाडौं, २१ साउन । पूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल कुनैपनि बेला जेल जानसक्ने अवस्था बनेको छ । ललिता निवास जग्गा प्रकरणमा संलग्न दुवै नेतामाथि छानबिन गर्ने ढोका सर्वोच्च अदालतले खोलिदिएपछि जेल जाने अवस्था सृजना भएको हो ।

सर्वोच्चले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि भट्टराई र नेपालमाथि खतराको बादल मडारिएको हो ।

यो प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निमार्तामाथि पनि अनुसन्धान गर्न आदेश दिएको हो ।

माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री निवास विस्तार गर्न भन्दै नक्कली मोहीलाई सरकारी जग्गा सट्टा भर्ना दिने निर्णय गरेको थियो । भट्टराई नेतृत्वको मन्त्रिपरिषद बैठकले अस्तित्वमै नरहेको पशुपति टिकिन्छा गुठीका नाममा ललिता निवासको जग्गा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो ।

ललिता निवास प्रकरणमा चार सय भन्दा बढी अनुसन्धानमा परेका छन् । ती मध्ये मन्त्री, संवैधानिक निकायका पदाधिकारी, सचिव भइसकेकाहरु पनि छन् ।

यो प्रकरणमा अब छानबिन बाबुराम र माधव नेपालमाथि पनि हुने भएको छ । छानबिनका क्रममा दोषी ठहरिए दुवै जेल जानसक्छन् ।

प्रतिक्रिया