१२ श्रावण २०८१, शनिबार | July 27, 2024

महादेव मन्दिरको जग्गा हडप्न ओम अस्पतालका सञ्चालक टंक श्रेष्ठको डिजाइन, जनतालाई झुक्याउँदै यस्तो नाटक मञ्चन


0
Shares

काठमाडौं, २१ साउन । नयाँ बानेश्वरस्थित करोडौंको सरकारी जग्गामा रजगज गरिरहेको सूर्यकुमारी श्रेष्ठको गिरोहले अर्को चलाखी गरेको छ । ओम अस्पतालका सञ्चालक टंक श्रेष्ठको डिजाइनमा काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले जनतालाई उल्लु बनाएको पाइएको छ ।

काठमाडौं महानगरपालिका र काठमाडौं जिल्ला अदालतले महादेव मन्दिर जग्गा हो भनेर महिला आदर्श सेवा केन्द्रको अनधिकृत भवन भत्काउन आदेश दिएको थियो । त्यो आदेश कार्यान्वयन गर्नका लागि गंगादेवी चुचोल टोल सुधार समिति काठमाडौं महानगरपालिका पुगेको थियो । तर, सूर्यकुमारी, टंक श्रेष्ठ र वडाध्यक्ष केसीको चलखेलमा फाइल गायब पारिएको समितिको आरोप छ ।

वडाका जनप्रतिनिधिले मुचुल्कामा हस्ताक्षर नगर्दा बालेनले उक्त ठाउँमा डोजर लगाउन सकेनन् । उल्टै ४० वर्षदेखि महादेव मन्दिरको जग्गा हडप्ने सूर्यकुमारीको समूह उच्च अदालत पाटन पुग्यो । पाटनमा मुद्दाको पेशी २२ गते (भोलि) रहेको छ । त्योभन्दा अगाडि नै महादेव मन्दिरको जग्गा हडप्ने गिरोहको पर्दाफास भएपछि शुक्रबार पत्रकार सम्मेलन गरेर जग्गा हस्तान्तरणको नाटक मंचन गरिएको छ ।

टंकको डिजाइनमा वडाध्यक्ष केसीले जनतालाई उल्लु बनाउने काम गरेका छन् । उच्च अदालतबाट मुद्दा फिर्ता नलिइ महादेव मन्दिरको जग्गा फिर्ता गरिएको नाटक मंचन भएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।

मन्दिरको जग्गा खाने सूर्यकुमारीको गिरोहलाई संरक्षण गर्दै आएका वडाध्यक्ष केसीले उनीहरूकै जग्गा हो जसरी हस्तान्तरण कार्यक्रममा सहभागी भएका छन् । यसले उनको भूमाफियासँग राम्रै साँठगाँठ रहेको देखिन्छ । स्थानीयले महादेव मन्दिरको जग्गा खाने सूर्यकुमारीको समूहलाई वडाध्यक्षले सहयोग गरेको आरोप लगाएका छन् । भगवन नै मासेर खाने गिरोहसँग वडाध्यक्षको साँठगाँठ रहनु गम्भीर विषय भएको स्थानीयको भनाइ छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया