४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

ओलीले तयार पारेको अस्त्र ओलीमाथि फर्काउँदै प्रचण्ड, गुप्तचर देखि राजश्व अनुसन्धानमार्फत् प्रहार


0
Shares

काठमाडौं, १६ साउन । कुनैबेला केपी शर्मा ओलीलाई लागेको थियो कि बहुमतको प्रधानमन्त्री भएपछि कसैले हल्लाउन सक्दैन । पूरा पाँच वर्ष प्रधानमन्त्री रहिरहन उनले प्रचण्डलाई घेरामा पार्न रणनीतिक अस्त्र बुने । त्यो थियो । गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धिकरण विभाग जस्ता निकाय सिधा प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याउने ।

ओलीले सबै निकाय प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर प्रचण्डलाई अप्ठ्यारोमा पारे । विपक्षी नेपाली काँग्रेस पनि तारोमा परेको थियो त्यतिबेला । तर, ओली सरकार ढल्यो । प्रचण्डले नेकपा फुटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर भएपनि ओलीलाई सत्ताबाट हटाए ।

अहिले ओलीले विगतमा प्रचण्डविरुद्ध तयार पारेका अस्त्र उनैतर्फ सोझिएको छ । प्रधानमन्त्री कार्यालय मातहतका निकायमार्फत् प्रचण्डले ओलीमाथि प्रहार गरिरहेका छन् । सम्पत्ति शुद्धिकरण, राजश्व अनुसन्धान विभाग, राष्ट्रिय शतर्कता केन्द्र र गुप्तचर निकायमार्फत् प्रचण्डले विपक्षीलाई घेरामा पारेका छन् ।

विपक्षीका अनियमितता खोतलेर सूची नै तयार गरी प्रधानमन्त्रीको कोर टिमले काँग्रेस र एमालेका नेतालाई अप्ठ्यारोमा पारेको छ । यसकारण धेरैको बोली नै बन्द भएको छ । प्रचण्ड झन् झन् आक्रामक बनेका छन् ।

विगतमा आफैले प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याएको राजश्व अनुसन्धान विभागप्रति ओली आफै विश्वास गर्न छाड्नु अर्थपूर्ण छ । अर्थ मन्त्रालय मातहतको निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए उनैले । उनले तयार गरेको अस्त्र अहिले उनैतर्फ सोझिइरहेको छ ।

प्रहरीको सीआइबी पनि विपक्षीलाई अप्ठ्यारोमा पार्ने अस्त्र बनेको छ । सीआइबीको अनुसन्धान ललिता निवासबारे चल्दा कतिपय नेताको बोली बन्द भएको छ ।

प्रतिक्रिया