२३ भाद्र २०८१, आइतबार | September 8, 2024

चीनमा सी चिनफिङको तारोमा उच्च अधिकारी, सेनाका दुई जनरल हटाइए


0
Shares

एजेन्सी, १६ साउन । चीनका राष्ट्रपति सी चिनफिङले एकपछि अर्को वरिष्ठ अधिकारीहरुलाई पदबाट हटाउन थालेका छन् । उनले चिनियाँ जनसेनाको रकेट फोर्स युनिटका प्रमुख जनरल ली युचाओ र उपप्रमुख जनरल लिउ गुआङबिन दुवैलाई हटाएका छन् ।

चिनियाँ जलसेनाका पूर्वउपप्रमुख वाङ हुबिनलाई रकेट फोर्स युनिटको नयाँ प्रमुख बनाइएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सु सिजेङलाई उपप्रमुख बनाइएको छ ।

पदबाट हटाइएका सैनिक जनरलहरुको अवस्था अज्ञात छ । उनीहरुलाई भ्रष्टाचारको मामलामा कारबाही गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
चीनमा गत हप्ता मात्र विदेशमन्त्ती किन गाङलाई पदबाट हटाइएको थियो । उनको ठाउँमा पूर्व विदेशमन्त्री वाङ ई लाई ल्याइएको थियो ।

चीनको कम्युनिस्ट पार्टीको विधान नै परिवर्तन गरी सी चिनफिङ तेस्रो कार्यकाल राष्ट्रपति बनेका छन् । त्यसयता उनले धमाधम कारबाहीलाई गति दिएका छन् ।

प्रतिक्रिया