२३ भाद्र २०८१, आइतबार | September 8, 2024

सुन तस्करी प्रकरणले आउनसक्छ राजनीतिक सुनामी, हाइप्रोफाइल नेता देखि कर्मचारी त्रस्त


0
Shares

काठमाडौं, १५ साउन । एक सय केजी सुन तस्करी प्रकरणले सरकार देखि संसदको कामकारबाही प्रभावित भएको छ । विपक्षी नेकपा एमालेले सदन अवरुद्ध पारेको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रभित्र यो प्रकरणले सुनामी नै ल्याएको छ ।

सुन तस्करी प्रकरणको असर देशको सिंहदरबार देखि बानेश्वर अनि नेताको घर घरमा परेको छ । भरियालाई पक्राउ गरी मुख्य नाइके उम्काउने प्रयास यो पटक सफल हुने छाँट देखिदैन ।

सुन तस्करी प्रकरणले सत्तापक्ष र विपक्षबीच तनाव बढेको छ । एमालेले सुन तस्करीको उच्चस्तरीय छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद बैठकमा व्यवधान गर्दै आएको छ ।

सोमवार पनि संसदको बैठक चल्न सकेन । बैठक चलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सहमतिमा पुग्न सकेन । ओलीले उच्चस्तरीय समिति गठनको अडानलाई कायमै राखेका छन् ।

एक सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक र चिनियाँ मूलका अन्य देशका नागरिकको सम्बन्ध माओवादी नेताहरुसँग जोडिएपछि एमाले झन् कडा रुपमा प्रस्तुत हुन थालेको छ ।

सुन तस्करीमा पक्राउ परेका दाबा छिरिङसँग कनेक्शनको आरोप लागेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन् । उनले माओवादी केन्द्रको पदाधिकारी बैठकमा आफ्नो सुन तस्करसँग सम्बन्ध नरहेको दाबी गर्दै छानबिन समिति गठनको माग गरेका हुन् ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदीय समिति गठन गर्न मानेका छैनन् । उनी सुन तस्करीको अनुसन्धान राजश्व अनुसन्धान विभागबाटै होस् भन्ने चाहन्छन् । विभागले नेपालको सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरी बलको सहयोग लिएर अनुसन्धान र पक्राउ गरिरहेको छ ।

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हङकङ हुँदै हवाई मार्गबाट आएको एक सय केजी सुन ३ साउनमा भन्सार चेकप्वाइन्ट कटेपछि बरामद भएको थियो । ब्रेक शु मा लुकाएर ल्याइएको सुन तस्करीमा चिनियाँ गिरोहको संलग्नता खुलिसकेको छ । उनीहरुको उच्च राजनीतिक तहमा कनेक्शनबारे अनुसन्धान चलिरहेको छ ।-File Photo

प्रतिक्रिया