३१ भाद्र २०८१, सोमबार | September 17, 2024

हिन्दु धर्म छाडेपछि दलितका नाममा राज्यबाट पाउने सुविधा लिन नपाउने भीम उपाध्यायको तर्क


0
Shares

काठमाडौं, १४ साउन । पूर्वसचिव भीम उपाध्यायले हिन्दु धर्म त्यागेपछि राज्यबाट दलितले पाइआएको सुविधा लिन नपाउने तर्क गरेका छन् । उनले अन्य धर्ममा जाति व्यवस्था नहुने भएकाले त्यस्तो सुविधा गैरहिन्दु दलितले पाउन नहुने तर्क गरेका हुन् ।

उपाध्यायले सामाजिक सञ्जालमा लेखेका छन्ः
डलरबादीहरू गाउँमा रहेसम्म समाजमा जातीय, धार्मिक बिभेद झन झन बढ्दै जान्छ, घट्ने कुरा छैन। बिभेद यिनीहरूको कमाई खाने खेती हो। गाउँका केहीले जूठो चाट्न पाएका वा समाजमा जबरजस्ति धर्म परिवर्तन गर्न बाध्य पारिएकाहरू पछि लागिरहेका हुन्छन्। धर्म परिवर्तनले समाजमा बिभेद अझै बढ्ने छ किनभने उ समाजबाट अलग्गिएर परम्परा, संस्कृति, मूल्य मान्यताहीन बनेर न घरको न घाटको हुन पुग्छ। नेपाली समाज जातजातिले चिनिन्छन्, अनि ती अर्को नयॉ जातजाति हुन पुग्छन्।

धर्म फेरेपछि सनातनी मान्यताबाट पाइने वर्णीय राज्यको सुबिधामाथिको हक पनि रहन्न। आफ्नै भूमिमा पराया जस्ता हुन पुग्छन्, झुण्डमा रहदा आपसमा केही काल सुरक्षित महसुस गरे पनि पछि गएर एक्लिन्छन्। हिजोको भएको गरिमा स्वाहा भइसकेको हुन्छ।

भारतमा हिन्दुबाट धर्म परिवर्तन गर्नेहरूलाई राज्यबाट दलितको कोटामा दिईने कुनै सुबिधा नदिनू भनेर सर्बोच्च अदालतले फैसला गरेको छ। किनभने हिन्दु परम्परामा यस्ता केही बिभेद चलिआएकाले सकारात्मक बिभेदको नीति लागू गरेर सुबिधा दिईएको हो। अरू धर्ममा यस्तो बिभेद छैन भन्ने मान्यताका आधारमा। त्यसैले नेपालमा पनि गैरहिन्दुलाई दलितको कुनै सुबिधा दिनुको कुनै औचित्य र कारण अब रहदैन।

प्रतिक्रिया