२१ भाद्र २०८१, शुक्रबार | September 6, 2024

एशियाकै पुरानो फुटबल प्रतियोगिता डुरान्ड कपमा सहभागी हुँदै त्रिभुवन आर्मी क्लब, भारतीय वायुसेनाको विमानबाट गुवाहिटी प्रस्थान


0
Shares

काठमाडौं, १३ साउन । एशियाकै पुरानो फुटबल प्रतियोगिता हो डुरान्ड कप । सन् १८८८ बाट सुरु भएको यो प्रतियोगितामा यसपटक नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पनि सहभागी हुने भएको छ ।

२४ टोली सहभागी खेल भारतमा हुँदैछ । नेपाली टोली रहेको समूहको खेल गुवाहिटीमा हुँदैछ । त्यसैले नेपाली सेनाको फुटबल टोली गुवाहिटी प्रस्थान गरेको छ । भारतीय वायुसेनाबाट शनिवार नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपालस्थित भारतीय राजदूतावासले नेपाली सेनाको फुटबल टोलीको सहभागितालाई खेलको माध्यमले ऐक्यवद्धताको भावना विकास हुने उल्लेख गरेको छ ।

टोलीका खेलाडी र व्यवस्थापकसहित ४२ जना गुवाहिटी प्रस्थान गरेका छन् । टोलीलाई सहायक रथी उत्तम बिष्टले बिदाई गरे ।

डुरान्ड कपमा यसपटक नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र बँगलादेशको आर्मी फुटबल टिम पनि सहभागी छ ।

सन् १८८८ मा सिमलाबाट सुरु भएको डुरान्ड कप भारतको स्वतन्त्रतापछि भारतको सुरक्षा निकायका क्लब र अन्य आमन्त्रित क्लब सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया