बलात्कारको आरोपमा इन्जिनियर हरि पोखरेल पक्राउ

काठमाडौं,१२ साउन । मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल बलात्कारको मुद्दामा आज पक्राउ परेका छन् । उनीमाथि आफ्नै घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
किशोरी आफैले केही दिन अघि पोखरेलले जबरजस्ती गरेको भिडियो नै बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।
भिडियो बाहिरिएसँगै मुटुमा समस्या भएको भन्दै पोखरेल त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना भएर बसेका थिए । सोही अस्पतालबाटै प्रहरीले आज नियन्त्रणमा लिएको जनाएको छ । पोखरेलमाथि गत ५ साउनमा रामेछाप घर भएकी २३ वर्षीया युवतीले बलात्कारको उजुरी दिएकी थिइन्।