प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

काठमाडौँ,१२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् ।
संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन गत साउन ६ गते त्यसतर्फ प्रस्थान गरेको प्रचण्डसहितको टोली शुक्रबार काठमाडौं आइपुगेको हो ।
प्रधानमन्त्रीको स्वागतका लागि सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, अन्य मन्त्री, सुरक्षा निकायका अधिकारीलगायत विमानस्थल पुगेका थिए ।