२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

कोशी प्रदेश सरकार गठन विवादको फैसला सर्वोच्चको पूर्ण इजलाशले गर्ने


0
Shares

काठमाडौं, ८ साउन । कोशी प्रदेश सरकार गठनसम्बन्धी विवादको छिनोफानो सर्वोच्च अदालतको पूर्ण इजलाशले गर्ने भएको छ । सोमवार सर्वोच्च अदालतमा यो मुद्दाको सुनुवाई पछि पूर्ण इजलाशमा पठाइएको हो ।

एमाले कोशीका संसदीय दलका नेता हिक्मत कार्कीले पेश गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीशहरु सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलाशले यो विवाद पूर्ण इजलाशमा पठाउन आदेश दिएको हो ।

संवैधानिक इजलाशमा पठाउन माग गरिएपनि २० साउनमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की अवकाश हुने भएकाले पूर्ण इजलाशमा पठाइएको हो । कार्कीले संवैधानिक इजलाशमा नबस्ने घोषणा गरिसकेका छन् । मंगलवारदेखि पूर्ण इजलाशले विवादको सुनुवाई थाल्नेछ ।

कोशी प्रदेश गठन हुँदा मुख्यमन्त्री उद्धव थापालाई सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग भएको छ । उनको हस्ताक्षरले ९३ सदस्यीय प्रदेश संसदमा ४७ संख्या पुगेको थियो । सभामुख सरकार गठनमा सहभागी हुनुलाई असंवैधानिक भन्दै सर्वोच्चमा रिट निवेदन परेको हो ।

प्रतिक्रिया