३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्राज्ञिक विद्यार्थीको राष्ट्रिय परिषद् प्रारम्भ


0
Shares

पोखरा, ५ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय परिषद् शुक्रबारबाट पोखरामा प्रारम्भ भएको छ । शनिवारसम्म चल्ने राष्ट्रिय परिषद्ले भावी कार्ययोजना तयार गर्नेछ ।

विद्यार्थी परिषद्को आगामी कार्ययोजना, रणनीति तथा कार्यक्रमहरूको विशेष आयोजना तयार गर्ने उद्देश्यका साथ पोखरामा साउन ५ र ६ गते विद्यार्थी परिषद्ले राष्ट्रिय परिषद् सञ्चालन गरेको हो ।

शुक्रबारबाट मानव मिलन परिवार जैन स्थानक भवनमा ओैपचारिक रूपमा उद्घाटन गरी भएको राष्ट्रिय परिषदमा देशभरबाट राष्ट्रिय परिषद्का सदस्यहरू एवं परिषद्का राष्ट्रिय पदाधिकारीहरूको विशेष उपस्थिति रहेको विद्यार्थी परिषद्ले जनाएको छ ।

राष्ट्रिय परिषदमा गत वर्ष फागुन ६ र ७ गते ललितपुरमा सम्पन्न शिक्षाको वर्तमान परिदृश्य र आगामी दिशा विषयक राष्ट्रिय शिक्षा कार्यशालाबाट आएका निष्कर्ष र सुझावहरू समेटी तयार गरिएको पुस्तकको निष्कर्ष एवम् सुझावको पनि विमोचन गरिएको छ ।

परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल, राष्ट्रिय उपाध्यक्ष डा. दयाराम भुसाल, राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनी, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल र राष्ट्रिय सचिव जानकी आचार्यज्यूले उक्त पुस्तकको विमोचन गरेका थिए ।

परिषद्ले साउन ५ र ६ गते सञ्चालन गर्ने राष्ट्रिय परिषदमा एक दिवसीय अभ्यास वर्ग, सदस्यता अभियान, जिल्ला आवसीय अभ्यास वर्ग, राष्ट्रिय छात्र सम्मेलन, जनजाति विद्यार्थी सम्मेला, कार्यालय कोष वार्षिक आय व्याय विवरण एवम् लेखापरीक्षण, राष्ट्र व्यापी शैक्षिक अभियान, शिक्षा कार्यशाला, शिक्षक संवाद, आयाम गतिविधिहरू, केन्द्रीय कार्यकारिणी समिति बैठक, सेवा कार्य द्वैमासिक छात्र विचार पत्रिका र मिडिया कार्य, केन्द्रीय प्रवास योजना जस्ता विषयहरूमा बृहत छलफल सहित योजना तय गर्ने परिषद्ले जनाएको छ ।

प्रतिक्रिया