२३ भाद्र २०८१, आइतबार | September 8, 2024

किन कम्युनिष्ट नेताहरु हिन्दू संस्कार अनुसार काजक्रिया गर्दैनन् ?


0
Shares

काठमाडौं, २९ असार । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको मृत्युपछि हिन्दू धर्म संस्कार अनुसार काजक्रिया गरिएन । प्रधानमन्त्री प्रचण्डले तीन दिन कामकाज स्थगित गरे । तर, पत्नीको काजक्रिया गरेनन् ।

प्रचण्डले छोरा प्रकाशको मृत्यु हुँदा पनि काजक्रिया गरेनन् । २०७५ सालमा उनको छोराको मृत्यु भएको थियो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि पिताको देहान्त हुँदा काजक्रिया गरेनन् ।

ब्राम्हण परिवारमा जन्मिएका दुई कम्युनिस्ट नेताहरु प्रचण्ड र माधव नेपालले काजक्रिया नगरेको घटना चासोको विषय बनेको छ । दुवै नेताहरु आफूलाई धर्मनीरपेक्ष ठान्छन् । माक्र्सवादी विचारधारा मान्ने भएकाले काजक्रियालाई उनीहरु कुसंस्कार देख्छन् । यसकारण पनि काजक्रिया गर्दैनन् ।

सीता दाहालको निधन हुँदा अन्तिम संस्कार हिन्दू संस्कार अनुसार नै गरियो । प्रकाश दाहालको अन्तिम संस्कार पनि हिन्दू संस्कार अनसार नै गरिएको थियो ।

अन्तिम संस्कार हिन्दू संस्कार अनुसार गरेपनि कम्युनिस्ट नेताहरु काजक्रिया गर्न छाडेका छन् । विशेषगरी माओवादी नेताहरु काजक्रिया गर्दैनन् । एमाले नेताहरुमा पनि त्यस्तो देखिन थालेको छ ।

प्रतिक्रिया