२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, १९ जना घाइते


0
Shares

काठमाडौं, २९ असार । नारायणगढ मुग्लिन सडकखण्डमा यात्रुबाहक बस आज बिहान त्रिसुलीमा खसेको छ । सडकबाट बस १० मिटर तल खस्दा रुखमा अड्किएको छ ।

३२ मध्ये बसमा सवार १९ जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००६–ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रीत भई सडकबाट करिब १० मिटर खसेर रुखमा अड्कीएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका अधिकांशको उद्धार गरी भरतपुर अस्पताल लगिएको हो । दुर्घटना करिब बिहान ५ बजेर २० मिनेटमा भएको थियो । ३२ जना बसमा सवार मध्ये १९ जना घाइते भएका छन् ।

प्रतिक्रिया