४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

आरजुलाई भुटानी शरणार्थी प्रकरणमा तानेर देउवाको राजनीतिक सक्याउने खेल चल्दा गगन थापाले खुट्टा उचाले


0
Shares

काठमाडौं, २५ असार । संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको नेता भएपनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रचण्डलाई साथ दिनुपर्ने वाध्यता छ । प्रचण्डको केपी शर्मा ओलीसँगको सहकार्य टुटाउन देउवा सफल त भए तर उनी अहिले निकै चेपुवामा परेका छन् ।

देउवा पत्नी आरजु भुटानी शरणार्थी प्रकरणमा मुछिएकी छिन् । उनी स्वयंले आफूलाई यो प्रकरणमा जर्बजस्ती तान्न खोजिएको अभिव्यक्ति दिएकी छिन् । आरजु यो प्रकरणमा तानिनु भनेको देउवाको राजनीतिक भविष्य सक्किने खतरा बढ्नु हो ।

राजनीतिक जीवनको उत्तराद्र्धमा छन् देउवा जो पाचौं पटक प्रधानमन्त्री भइसकेर ज्योतिषको जोखाना अनुसार सातपटक बन्छु भन्ने आकांक्षा पालेका छन् । तर, आरजु शरणार्थी प्रकरणमा तानिएमा शेरबहादुर देउवालाई ठूलै धक्का पर्न सक्छ ।

आरजु माथि खतरा देखाएर प्रचण्डले देउवालाई समर्थनका लागि वाध्य पारिरहेको विश्लेषण नभएको होइन । सशस्त्र गतिविधि हुँदै शान्ति प्रक्रियामार्फत् शक्तिमा आएका प्रचण्डका लागि अहिलेको राजनीतिक अस्त्र शस्त्रको प्रयोग स्वाभाविक पनि हो । उनी विपक्षी ओलीलाई जति आच्छु आच्छु पारिरहेका छन् देउवालाई आरजुमाथि खतरा देखाएर वाध्य पारिरहेका छन् ।

ललिता निवास प्रकरणको फाइल खोल्न लगाएर प्रचण्डले माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई माथि लगाम लगाइरहेका छन् । भुटानी शरणार्थी प्रकरणमा आरजुलाई मुछेर देउवामाथि पनि उनले लगाम लगाउन सकेका छन् । यो राजनीतिक यथार्थ बुझेका काँग्रेसभित्रका केही नेताहरु देउवाको विकल्प खोज्न सक्रिय भएका छन् ।

काँग्रेस महामन्त्री गगन थापाले हालैमात्र देउवाको विकल्प खोज्ने विषय उठाइसकेका छन् । उनले प्रधानमन्त्रीमा आफू या आफ्नो पुस्तालाई देख्न चाहेको अभिव्यक्ति दिए । यसका पछाडि उनी अब देउवालाई संसदीय दलको नेताबाट हटाउने जोखिम मोल्न खोजिरहेका छन् भन्ने नै हो ।

गगन थापा र उनी जस्तै काँग्रेसका महत्वाकांक्षी नेताहरुका लागि यो उपयुक्त अवसर पनि बन्न सक्छ । आरजुका कारण देउवा विवादमा पर्नु र प्रचण्डको लगाममा पर्नुले कमजोर हुँदै गएका छन् । यसकारण पनि गगन थापाले संसदीय दलको नेता बन्न खुट्टा उचालेको देखिदैछ ।

प्रतिक्रिया