१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्डको चीन भ्रमण अघि उच्चस्तरको भ्रमण निरन्तर


0
Shares

काठमाडौं, २३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भदौमा चीन भ्रमण गर्ने तयारी चलिरहेको छ । परराष्ट्रमन्त्री एनपी साउदले तयारी चलिरहेको खुलाइसकेका छन् ।

प्रचण्डको चीन भ्रमण अघि निरन्तर उच्चस्तरको भ्रमण चलिरहेको छ । शनिवार योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ बेइजिङ पुगेका छन् । उनी ग्लोबल फर सेयर डेभलपमेन्ट फोरमममा सहभागी हुन पुगेका हुन् ।

आयोगका अनुसार श्रेष्ठले आइतवार चिनियाँ विकास उपमन्त्री डेफ वोइङ र मंगलवार उपराष्ट्रपति हान चेफ्सँग औपचारिक भेटवार्ता गर्ने तय छ । उनी मंगलवार राति नै स्वदेश फर्कनेछन् ।

यसअघि नेपालका उच्च अधिकारीले चीन भ्रमण गरिसकेका छन् । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण पूरा गरी गत हप्ता फर्किए । उनले चीनले बेल्ट एण्ड रोड इनिटिएटिभ (बीआरआई) मा बढी चासो राखेको बताएका थिए ।

नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सांसदहरुको एक टोली जूनमा चीन भ्रमणमा गएको थियो । भ्रमणमा चिनियाँ लगानी र थप सीमा नाका खोल्नेबारे कुराकानी भएको जनाइएको थियो ।

चीनबाट पनि नेपालमा अधिकारीहरुको भ्रमण चलिरहेको छ । उसले नेपालमा बढाएको पूर्वाधारसम्बन्धी परियोजनालाई लक्षित गरी भ्रमणहरु गराइरहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया