३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउने एमालेको रणनीति बन्यो कमजोर


0
Shares

काठमाडौं, २१ असार । नेकपा एमालेले मौका कुरेर बसेकै थियो । प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउने महिनौंको प्रयासमा यसपटक मौका पाएको थियो । प्रचण्ड आफ्नै अभिव्यक्तिका कारण विवादमा आएपछि एमालेले राजीनामा माग्दै सदन नै अवरुद्ध गर्न थालेको छ । तर, उसलाई सत्ता गठबन्धनबाट साथ नमिल्ने भएको छ ।

एमालेले नेपाली काँग्रेसले यही मौकामा साथ दिने आशा थियो । तर, काँग्रेसले प्रचण्डलाई साथ दिइराख्ने भएको छ ।

आज बसेको सत्तारुढ सात दलको बैठकले प्रचण्डलाई पूर्ण साथ दिने निर्णय लिएका छन् । विपक्षी नेकपा एमालेले प्रचण्डको राजीनामा मागिरहँदा सात दलको बिहिबार बसेको बैठकले पूर्ण रुपमा साथ दिने निर्णय लिएको हो ।

बैठकबारे जानकारी दिदै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको बताए । प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे बैठकमा स्पष्ट पारेपछि सात दलले एमालेलाई संसद बैठक अवरुद्ध नगर्न आग्रह समेत गर्ने निर्णय लिएको छ ।

प्रचण्डले लेखक किरणदीप सिन्धुद्वारा लिखित पुस्तक रोड्स टु द भ्याली द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल को विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंहले खेलेको भूमिकाको व्याख्या गरेका थिए । उनले प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली जाने गरेको त कहिले नेपालका मुख्य दलका नेताहरुसँग छलफल गर्ने गरेको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया