बालबालिका सुतेको अवस्थामा पुरिए, गोठमा भएकाले घरका अभिभावक जोगिए

काठमाडौं, १९ असार । विहानै पहिरो जाँदा अर्घाखाँचीमा तीन बालबालिका ठहरै भए । एक बालक भने बचेका छन् ।
पहिरोले ५ बजे घर पुरिँदा बालबालिका सुतिरहेका थिए । एकजना बच्न सफल भए ।
घरमा रहेका पाका सदस्य भने गोठको काममा रहेकाले बच्न सके । पहिरोले घर पुरिहाल्यो । तीन बालबालिकाले ऐया भन्न समेत पाएनन् ।
अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले पाणिनी गाउँपालिकामा विहान ५ बजे पहिरो जाँदा घटना भएको जानकारी दिएको छ । घटनामा एक बालक घाइते भएका छन् ।